भर्खरै :

पासाङल्हामु सडकको रेखाङ्कन छैन

–ज्ञानेन्द्र न्यौपाने
रसुवा, १६ मंसिर । पासाङल्हामु राजमार्ग निर्माण भएको तेत्तीस वर्ष बितिसक्दा पनि अहिलेसम्म नापीनक्सामा सडकको रेखाङ्कन हुन सकेको छैन । नेपाली सेनाले विसं २०४२ मा त्रिशुली –सोम्दाङ सडक नामले निर्माण गरेको हाल पासाङल्हामु राजमार्गले ओेगटेका भूभागको स्वामित्व किसानका नामबाट लगत कट्टा गरी सडकका नाउँमा कायम गर्ने काम हुन नसक्दा सालबसाली तिरो तिर्न आफूहरू बाध्य भएको सडक क्षेत्रका बासिन्दाले गुनासो गरिरहेका छन ।
बेत्रावती–सोम्दाङसम्मको ९७ किमि दूरी नापी कार्यालयको कागजमा नक्साङ्कन गर्न बाँकी रहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । सडक कार्यालयका अनुसार नुवाकोटको त्रिशुली, ढुङ्गेदेखि धुञ्चे – स्याफ्रुबेंसी हुँदै सोम्दाङसम्म सडक कार्यालयको नाउँमा जमिनको स्वामित्व कायम भएको छैन । सडकको मापदण्डभित्र परेका जग्गाको लगत कट्टा हुन नसक्दा सडकले छोएका जग्गा घरव्यवहारका लागि चार पाँच वर्षदेखि किसानले बिक्री वितरण गर्न पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *