भर्खरै :

‘बलात्कारी लुकाएर अपराधीलाई उत्साहित गर्दै सरकार’

चितवन, १५ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ चितवनले नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर वासीले नेक्राविसङ्घ स्थापनाको ऐतिहासिक महत्व स्पष्ट पार्नुभयो ।
भारतीय विस्तारवादले सुस्तामा सैन्य हस्तक्षेपविरूद्ध २०२५ साल मंसिर २२ गते ऐतिहासिक प्रदर्शन भएको चर्चा गर्नुहुँदै केन्द्रीय सदस्य वासीले पञ्चायती व्यवस्थाविरूद्ध आन्दोलन गर्नुपर्ने तत्कालीन विद्यार्थी नेतृत्वकर्ताहरू राजा महेन्द्रसँग आत्मसमर्पण गर्न गएपछि नेक्राविसङ्घ स्थापना भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले निर्मलाको बलात्कारी र हत्यारालाई लुकाएर सरकारले बलात्कारलाई प्रोत्साहन दिएको बताउनुभयो ।
नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले समाजको हितको लागि राजनीतिक रूपले विद्यार्थीहरू सचेत हुनुपर्छ भन्नुभयो ।
नेक्राकिसङ्घ चितवन अध्यक्ष विष्णु शर्माले समाजवादी व्यवस्थामा शिक्षा स्वास्थ्य राज्यले जिम्मा लिने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला अध्यक्ष सुमित्रा महत्तोले रत्ननगरका स्वास्थ्य चौकीमा समेत पिल्स, जीवन जलजस्ता सामान्य औषधी पनि नपाएको बताउनुभयो ।
नेक्राविसङ्घ चितवनका अध्यक्ष प्रकाश गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रायुसङ्घ चितवन जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङ र शान्तबहादुर पाख्रिनले पनि बोल्नुभएको थियो । त्यसैगरी १०१ औं अक्टोवर क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी रत्ननगर नगर समितिको आयोजनामा मजदुर–किसान वर्ष ८, अङ्क १ को अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले रुसको अक्टोवर समाजवादी क्रान्ति लेनिनको नेतृत्वमा आफ्नै देश र जनताको शक्तिमा भएको हो भन्नुभयो । भारतबाट निर्देशित माओवादीले कथित जनयुद्धको नाममा देशलाई विध्वंश बनाएको चर्चा गर्दै उहाँले सोझा जनतालाई लडाएर पदमा पुग्नु र सम्पति कमाउनु विश्वासघात गर्नु हो भन्नुभयो ।
नेक्रायुसङ्घका अध्यक्ष ज्ञानेन्द्र चेपाङले युवाहरूलाई विदेशीको दास बनाएर देशको विकास सम्भव छैन भन्नुभयो । उहाँले सार्वजनिक उद्योग, कारखाना निजीकरण गर्नु, भारतीय एकाधिकार पूँजीलाई प्रोत्साहन दिनु, नेपाली भूमि हस्तक्षेपबारे कुरा नउठाउनु सरकारको नालायकीपन हो भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङले उच्च शिक्षासम्म निःशुल्क र अनिवार्य, स्वास्थ्य सेवा निःशुल्क र युवाहरूलाई स्वदेशमै स्वरोजगारको बन्दोबस्त गर्न नसक्ने सरकार कम्युनिष्ट सरकार नभएको दाबी गर्नुभयो ।
कार्यक्रममा मोहनबहादुर प्रजा, विष्णु शर्मा, सुमित्रा महत्तोलगायतले मजदुर–किसान बुलेटिनको विषयमा आ–आफ्नो कुरा राख्नुभएको थियो ।
यसैबीच नेपाल मजदुर किसान पार्टी भरतपुर नगर समितिको आयोजनामा पार्टी केन्द्रीय समितिको मुखपत्र मजदुर–किसान” बुलेटिनको अध्ययन गोष्ठी हालै सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समितिका सचिव ज्ञानेन्द्र चेपाङले पार्टीका गतिविधिको विषयमा जानकारी हुनको लागि पार्टी प्रकाशनहरू नियमित रुपमा अध्ययन गर्नुपर्ने बताउनुभयो । “पार्टीको विचार र सिद्धान्तलाई कामदार जनतासामु पु¥याउनु कार्यकर्ताको जिम्मेवारी हो,” चेपाङले भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष प्रकाश गुरुङले नेकपा सरकार पूँजीवादी सरकार हो, कामदार जनता सचेत र सङ्गठित भई वैज्ञानिक समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राजकुमार श्रेष्ठ, मोहनबहादुर प्रजा, रविनकुमार प्रधानले बोेल्नुभएको थियो ।
भेला पश्चात बसेको सङ्घको बैठकले नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा मंसिर २९ गते सुस्ता अध्ययन भ्रमण कार्यक्रम तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *