भर्खरै :

युवा सम्मेलन पुस १४ र १५ गते

भक्तपुर, मंसिर १७ । “विस्तारवाद र साम्राज्यवादविरुद्ध युवा आन्दोलन, सार्वभौमिकता रक्षा गर्न एघारौं जिल्ला सम्मेलन” भन्ने नाराका साथ नेपाल क्रान्तिकारी युवा सङ्घको एघारौं जिल्ला सम्मेलन पुस १४ र १५ गते हुने भएको छ । नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजुको उपस्थितिमा बसेको सङ्घको ११ औं जिल्ला सम्मेलन तयारी समितिको बैठकले उक्त सम्मेलनको तिथि मिति घोषणा गरेको हो ।
वर्तमान पँुजीवादी विकृति र विसङ्गति एवं नवउदारवादको विरोध गर्दै देशको सार्वभौमिकता र भूअखण्डता रक्षाको निम्ति युवाहरूलाई सङ्गठित पारेर समाजवादी गणतन्त्रको प्रचार अभियानलाई अगाडि बढाउने लक्ष्यका साथ सो सम्मेलन हुन लागेको हो । पुस १४ गते शनिबार सूर्यविनायक नपा १, विरुवाबाट सुरु हुने ¥याली सूनपा ५ चक्रपाणी चोकमा पुगी उद्घाटन सभा हुनेछ । सम्मेलनको बन्द सत्र पुस १५ गते आइतबार हुनेछ । उक्त सम्मेलन सम्पन्न गर्न प्रचार समिति र आर्थिक समिति गठन भइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *