भर्खरै :

बजार अनुगमन जारी, म्याद नाघेका सामान जफत

भक्तपुर, ३२ असार । भक्तपुर नगरपालिकाले बजार अनुगमन जारी राखेको छ । सोमबार अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा दूधपाटीका २० वटा पसल अनुगमन ग¥यो । तीमध्ये आठ पसल दर्ता नभएको पाइयो ।
अनुगमनका क्रममा म्याद नाघेको सामानहरू मिठो गुडपाक, क्याडबरी कोका, हर्लिक्स पाकेट, बेसन, पापाया वास र काजू जफत गरिएको थियो । व्यवसायीलाई अनुगमन टोलीले दर्ता प्रमाणपत्र राखी राख्न, प्याकेजिङ्ग सामानमा लेबल राख्न, मूल्य सूची राख्न सुझाव दिएको थियो ।
त्यस्तै अनुगमन गरिएको पसलमा फेला परेका म्याद नाघेका बटर विस्कुट, सानो स्लाइस र रियल बस्र्ट मिक्स फ्रट जफत गरिएको थियो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरू रोशन मैंया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका इन्द्र घिमिरे, भनपा जनस्वास्थ्यका जमुना काफ्ले, जिल्ला प्रशासन कार्यालयका, पत्रकारहरू र भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *