तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १९ मंसिर । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगरपालिका वडा नंं ८ नङ्खेलको आयोजनामा बुधबार युवा भेला सम्पन्न भयो ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका सचिव सूर्यभक्त त्वातीले भक्तपुरमा रङ्गशाला बनाउने नाममा भूमाफियाहरूले आदिवासी किसान नेवारहरूको बस्ती विस्थापित गर्न अनेक षड्यन्त्र गर्न खोजिरहेकोप्रति जनता सचेत हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
नेक्रायुसङ्घका पूर्व जिल्ला अध्यक्ष महेन्द्र बखुन्छेले कार्यकर्ताहरु पार्टीको निर्देशनअनुसार अनुशासनमा रही जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेक्रायुसङ्घ ११ औँ जिल्ला सम्मेलन तयारी समिति सचिव एच.एस. सुवालले पुँजीवाद र साम्राज्यवादको विरोधमा युवा आन्दोलनलाई अझ अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
नेक्रायुसङ्घ नंखेलका अध्यक्ष जनक सुकुभटुको सभापतित्वमा भएको उक्त भेलामा नेक्रायुसङ्घ सुनपा नगर समिति अध्यक्ष रोशन मचामसीलगायतले सम्मेलनको सान्दर्भिकतबाारे बोल्नुभयो ।
Leave a Reply