जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, २१ मंसिर । भक्तपुर नगरपालिकाकोे आयोजनामा ‘लैङ्गिक हिंसाविरूद्धको १६ दिने राष्ट्रिय अभियान’ अन्तर्गत कानुनी साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भयो
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, तालिम र सीप आवश्यक रहेको बताउनुभयो ।
उहाँले वर्गीय समानताको निम्ति निरन्तर सङ्घर्ष आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘गुण्डा, तस्करलाई राजनीतिमा निषेध गर्नको निम्ति इमानदार व्यक्तिहरूले राजनीति गर्नुपर्छ । राजनीति पद र पैसाको निम्ति नभई शोषित–पीडित जनताको हक हितको निम्ति हुनुपर्छ ।’’
‘‘खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको
निम्ति आवाज उठाउनुपर्छ, नयाँ पुस्तामा स्वार्थी भावनाको विकास मौलाउँदै गएको हुँदा राजनीतिक र व्यवहारिक ज्ञानमार्फत् सचेत बनाउँदै लानुपर्छ’’ उहाँले भन्नुभयो ।
कार्यक्रममा न्यायिक समितिका संयोजक एवम् भक्तपुर नपा उपप्रमुख रजनी जोशीले
भक्तपुर नगरपालिका न्यायिक विधिमा पनि अग्रस्थानमा रहेको बताउनुभयो ।
नगरवासीको हकहितको निम्ति नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुहुँदै उहाँले न्यायिक संरचना प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ता अनिता जधारीले मुलुकी देवानी (संहिता) ऐन, २०७४ र
मुलुकी अपराध (संहिता) ऐन २०७४ को बारेमा जानकारी दिनुहुँदै लैङ्गिक विभेदसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक एवम् कार्यपालिका सदस्य रोशनमैंया सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भनपा वडा नं. ३
का वडाध्यक्ष राजकृष्ण गोरा, समितिका सदस्य एवम् कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले महिला हिंसाबारे बोल्नुभएको थियो ।
Leave a Reply