तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २१ मंसिर । नेपाल क्रान्तिकारी युवा सङ्घ भ.जि.स. को ११ औं जिल्ला सम्मेलन (पुस १४ र १५) भव्यताका साथ सम्पन्न गर्न सू.न.पा. १ दधिकोटमा सम्मेलन प्रचारार्थ स्थानीयवासीबीच भेटघाट तथा छलफल कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भ.जि.स.का अध्यक्ष न्हुछेंभक्त फोंजुले ने.क्रा.यु. सङ्घ भ.जि.स.को ११ औं जिल्ला सम्मेलन देशको सार्वभौमिकता र भूअखण्डता रक्षार्थ युवाहरूलाई सङ्गठित गर्ने समाजवादी आन्दोलनलाई अगाडि बढाउने सिलसिला भएकोले सम्पूर्ण स्थानीयवासीले साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ने.म.कि.पा. भ.जि.स.का सदस्य एवं ने.क्रा.यु सङ्घ भ.जि.स. का पूर्वअध्यक्ष महेन्द्र बखुन्छेंले जिल्ला सम्मेलन भ्रष्टाचार र अनियमितता विरुद्धको सङ्घर्ष भएकोले सहयोग गर्न सबैमा आह्वान गर्नुभयो ।
कार्यक्रममा ने.क्रा.यु सङ्घ ११ औं जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिनबहादुर बाटा र जगतराम धुख्वाले पनि सहयोगकोलागि अपिल गर्नुभयो ।
Leave a Reply