भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग–३ –क्रान्ति –निर्माण –सुधार

जापानी आक्रमणविरुद्ध जनसङ्गठन
सन् १९३७ को जुलाई ७ को राति जापानी सेनाले दक्षिणपश्चिम बेइपिङको मार्कोपोलो पुलको रूपमा चिनिने लुगोउ पुल नजिक रहेको चिनियाँ सेनामाथि आक्रमण ग¥यो । चिनियाँ कमाण्डरहरू र सेनाले त्यसको कडा प्रतिकार गरे । त्यो घटनाले जापानविरुद्ध चिनियाँ युद्धको प्रतिनिधित्व गर्दछ । चिकपा र चिनियाँ राष्ट्रवादी पार्टीले दोस्रो सहकार्य थाले । जापानविरुद्धको राष्ट्रिय मोर्चा औपचारिक रूपमा गठन भयो ।
जापानविरुद्धको लडाईंमा दुई पार्टीले सहकार्य गरे तापनि तिनीहरूका युद्ध रणनीति फरक थिए । जनताको व्यापक परिचालन गर्ने नीति चिकपाले लिएको थियो । चिकपाले जापानविरुद्ध जनयुद्ध गर्न जनतालाई सशस्त्र पार्ने र जनतामा निर्भर हुने नीति प्रस्ताव गरेको थियो । यद्यपि चिनियाँ राष्ट्रवादी पार्टीले एक पार्टी तानाशाहीलाई स्वीकार गरेन । देशको स्वाधीनताको निम्ति जापानविरोधी जनआन्दोलनबाट आफ्नो तानाशाही अन्त हुने हो कि भन्ने डर थियो चिरापालाई । त्यसैले त्यसले चिकपाको नीति लागू गर्न अवरोध खडा ग¥यो । उसले जापानविरुद्ध लड्न सरकार र त्यसको सेनामात्र परिचालन गर्ने रणनीति स्वीकार ग¥यो ।
जापानविरुद्धको सुरुवातका युद्धमा चिनियाँ राष्ट्रवादी पार्टीले उल्लेखनीय सफलता हासिल ग¥यो, तीन महिनामा चीनमाथि विजय प्राप्त गर्ने जापानी महत्वाकाङ्क्षाको अन्त गरेको थियो । यद्यपि सैन्य शक्तिमा रहेको ठूलो भिन्नता र उसको आंशिक शक्तिमात्र परिचालन गर्ने रणनीति र रक्षात्मक शैलीको युद्धले चिनियाँ राष्ट्रवादी पार्टीको नेतृत्वमा भएको युद्ध पराजयतर्फ गइरहेको थियो । सन् १९३७ को डिसेम्बरमा जापानी सेनाले चीनको तत्कालीन राजधानी नान्चिङमाथि कब्जा ग¥यो । सोही सिलसिलामा भएको आमहत्यालाई अहिले नान्चिङ हत्याकाण्डको रूपमा सम्झिइन्छ । सन् १९३८ को सेप्टेम्बरमा क्वाङचाउ र उहान पनि जापानको अधीनमा गए । यही बिन्दुमा पश्चिमी चीनमा आक्रमण गर्न जापानसँग सेना पुग्दो थिएन र युद्धले एउटा लामो समयावधिको रणनीतिक गतिरोधको रूप लियो । राष्ट्रिय सरकारले चोङकिङलाई अस्थायी राजधानी बनायो र जापानविरुद्ध राष्ट्रिय युद्ध दिनपरदिन कमजोर हुँदै गयो ।
जापानविरोधी युद्धको सुरुवातमा चिकपाको नेतृत्वमा गठन भएको लालसेनामा ३० हजार सेनामात्र थिए । चिनियाँ राष्ट्रवादी पार्टी र चिकपाबीच भएको सम्झौताअनुसार लालसेनालाई आठौं स्थलसेनाको रुपमा पुनःगठन गरियो र राष्ट्रिय क्रान्तिकारी सेनालाई नयाँ चौथो स्थलसेनाको रुपमा पुनःगठन गरियो । यी सेनाले युद्धमोर्चामा लड्न राष्ट्रिय सेनालाई सहयोग गरे । उत्तरी चीनमा राष्ट्रिय सेनाको हार भएपछि चिकपाको नेतृत्वमा रहेको सेनाले शत्रुको मोर्र्चाविरुद्ध गुरिल्ला युद्ध थाल्यो । आठौं स्थलसेना र चौथो स्थलसेनाले जापानविरुद्ध सफल मोर्चाहरू खडा गरे । जस्तो, सान्सी–चाहेर–हेवेइ, सान्सीको उत्तरपश्चिम र डाक्विनसान, सान्सी–हेवेइ–हेनान, सान्सीको दक्षिाणपश्चिम, सान्डोङ, चियाङ्सु, र केन्द्रीय आन्हुइ केही उक्त मोर्चाका उदाहरण हुन् । यी आधारक्षेत्रहरूमा तिनीहरूले जापानविरुद्ध प्रजातान्त्रिक सरकार गठन गरे । जब युद्धमा गतिरोधको स्थिति आयो, जापानी सेनाले आठौं स्थलसेना र नयाँ चौथो स्थलसेनामाथि हमला ग¥यो र जापानविरोधी आधारक्षेत्रहरूमा भयानक आक्रमणहरू भए । चिकपा र जापानविरोधी शक्तिहरूले जापानविरुद्ध लड्ने मुख्य जिम्मेवारी बहन गरेका थिए । सा¥है कठिन परिस्थितिमा जनसेनाले जनतासँग बलियो गाँठो कसेको थियो । दुवै सेना र जनताले पत्ता लगाएको सुरुङयुद्ध र बारुदीयुद्धले जापानी सेनालाई पराजित गर्दै लग्यो । युद्धको अन्ततिर चिकपाको नेतृत्वमा जापानविरोधी आधारक्षेत्रको क्षेत्रफल १० लाख वर्गकिलोमिटर पुग्यो भने सो क्षेत्रको जनसङ्ख्या १० करोड थियो । जापानी सेनाविरुद्ध लडेको मुख्य आधारक्षेत्र पनि त्यही थियो ।
जापानविरोधी युद्धको बेला येनान केन्द्र रहेको सान्सी–कान्सु–निन्सिया क्षेत्र मुख्य युद्धक्षेत्रमा पनि पर्दछ । देशभक्त युवाको ठूलो सङ्ख्या येनान पुग्यो । अभ्यास र तालिमपछि तिनीहरू युद्धमोर्चामा गए । जनपरिचालन र विजयको निम्ति चिकपाले आफ्ना आधारइलाकाहरूमा प्रजातान्त्रिक राजनीति अपनायो । कम्युनिष्ट पार्टी सदस्य, प्रगतिशील पक्षहरू र मध्यमवर्ग गरी तीन पक्ष सहभागी भएका स्थानीय सरकारहरू गठन गरिए । विभिन्न वर्ग र सामाजिक समूहहरूलाई जापानविरुद्ध एकीकृत गरियो । जनताका प्रजातान्त्रिक अधिकारहरू सुरक्षित गरिएका थिए । किसानहरूको उत्पादकत्व बढाइयो । सकारात्मक आर्थिक, सांस्कृतिक र शैक्षिक गतिविधि बढाइयो । जापानविरोधी आधारक्षेत्रहरूले प्रजातन्त्रको सफा हावा र कडा मेहनत र प्रगतिशील विचारको प्रदर्शन गरे ।
युद्धको क्रममा चिकपाको नेतृत्वमा एकीकृत राष्ट्रिय जापानविरोधी मोर्चाले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । यही एकीकृत मोर्चाको माध्यमबाट चिकपाले युद्धमा संलग्न विभिन्न समूह र व्यक्तिहरूसँग गहिरो सम्बन्ध गाँस्यो । मोर्चाकै माध्यमबाट त्यसले जापानको अधीनमा गएका क्षेत्र, चिनियाँ राष्ट्रवादी पार्टीको शासन रहेको क्षेत्रका साथै विभिन्न देशमा रहेका मित्रहरूसँग सम्बन्ध विस्तार ग¥यो । चिकपाले ती जनतालाई जापानविरोधी युद्धमा सामेल हुन उत्साहित पनि ग¥यो । ती कृयाकलापले चिकपाको सामाजिक प्रभाव राम्रै विस्तार भयो ।
चीनमा भएको जापानविरोधी युद्ध फासिवादविरुद्धको विश्वभरको युद्धको एक मुख्य अंश थियो । त्यसले विभिन्न मित्र देशको समर्थन पनि प्राप्त ग¥यो । सन् १९४५ को अगस्तमा दोस्रो विश्वयुद्धको अन्त हुन लागेको बेला चीनमा जापानविरुद्धको युद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा पुग्यो । अगस्त १५ को दिन जापानका मिकाडोले पट्सडाम सम्झौता स्वीकार गर्ने घोषणा गरे । सेप्टेम्बर २ को दिन जापानी सरकारले औपचारिक रूपमा निःसर्त आत्मसमर्पण गर्ने घोषणा ग¥यो ।
कमजोर हतियारको भरमा चिनियाँ जनताले आर्थिक र सामरिक रूपमा अत्यन्तै विकसित देशलाई पराजित गरे । एक शक्तिशाली साम्राज्यवादलाई एक कमजोर अर्धऔपनिवेशिक देशले हार खुवाएको अस्वाभाविक जादुजस्तो कुरा सत्यमा परिणत भयो । त्यो महान विजयले चिनियाँ राष्ट्रको एक शताब्दीको लज्जालाई पखाल्नुको साथै विश्वसामु नयाँ मुहार प्रस्तुत ग¥यो । चिनियाँ राष्ट्रले फासिवादविरुद्धको युद्धमा एक महत्वपूर्ण योगदान पु¥यायो र यसले चीनको अन्तर्राष्ट्रिय हैसियतलाई उँचो पा¥यो । जापानले ५० वर्षभन्दा बढी समयदेखि बलपूर्वक कब्जा गरेको चीनको ताइवान चीनलाई नै फर्काइयो । त्यही युद्धमा चिकपा र यसको नेतृत्वमा रहेको जनताको क्रान्तिकारी शक्तिहरूको विकास र वृद्धि भयो । कम्युनिष्ट पार्टी महत्वपूर्ण शक्ति बन्यो र यसले युद्धपछिको चीनको भविष्य र लक्ष्य निर्धारण ग¥यो ।
नयाँ प्रजातान्त्रिक क्रान्तिको विजय
जापानविरोधी युद्धमा विजय प्राप्त गरेपछि चिनियाँ जनताले देशको पुनःनिर्माण र विकासको निम्ति शान्तिपूर्ण एवम् स्थिर वातावरण निर्माणको अपेक्षा गरे । चिकपाले शान्ति, प्रजातन्त्र र एकताका नीति प्रस्ताव ग¥यो । चिकपाले प्रजातान्त्रिक संयुक्त सरकार स्थापनाको आह्वान ग¥यो । सन् १९४५ अगस्त २८ मा माओ त्सेतुङले चुङकिङ गई च्याङकाइसेकसँग एक्लाएक्लै भेटे । ६ हप्ता लामो वार्तापछि चिकपा र चिनियाँ राष्ट्रवादी पार्टीबीच दसबुँदे सम्झौता भयो । दुई पार्टीले शान्ति स्थापनाको नीतिप्रति दृढता व्यक्त गरे । त्यसपछि एउटा राजनीतिक परामर्शदातृ सम्मेलन भयो, जसमा विभिन्न राजनीतिक पार्टी एवम् राजनीतिक समूहहरूले भाग लिए । चिनियाँ भूमिमा एउटा शान्तिपूर्ण बिहानीको उदय हुने आशा पलायो । यद्यपि, चिनियाँ राष्ट्रवादी पार्टीको प्रतिक्रियावादी शासक समूहले एक पार्टी शासन प्रणालीलाई निरन्तरता दिन खोज्यो । त्यसले प्रजातान्त्रिक सुधार लागू गर्ने योजना बनाएन । त्यसले तत्कालै दसबुँदे सम्झौता र राजनीतिक परामर्शदातृ सम्मेलनका सम्झौता तथा सहमतिहरूको उल्लङ्घन ग¥यो । चीनको भविष्य र भाग्यको निर्णय गर्न युद्ध अवश्यम्भावी थियो ।
गृहयुद्धको तयारीपछि चिनियाँ राष्ट्रवादी पार्टीको २ लाख २० हजार सेनाले सन् १९४६ को जुन २६ मा चिकपाको नेतृत्वमा रहेको केन्द्रीय आधारइलाकामा आक्रमण ग¥यो । ठूलो गृहयुद्धको सुरुवात भयो । तीनदेखि ५ महिनामा चिकपाको सेनालाई सिध्याउने राष्ट्रवादी कमाण्डरहरूले धक्कु लाए । राष्ट्रवादी सेनाले दक्षिणको सान्सी, उत्तरको चिङ्सु, दक्षिण–पश्चिमको सान्तोङ, चियाओतोङ प्रायःद्वीप क्षेत्र, पूर्वको केवेइ र कइयुआन, दक्षिणको चाहेरलगायतका विभिन्न ठाउँमा व्यापक आक्रमण थाल्यो । त्यतिबेला राष्ट्रिवादी सेनासँग ४३ लाख जवान थिए र संरा अमेरिकाले दिएको ठूलो सङ्ख्यामा अत्याधुनिक हतियार थिए । त्यससँग सेनाको आकार, साधन र युद्ध स्रोत तुलनात्मक रूपमा राम्रो थियो ।
राष्ट्रवादी सेनाको भीषण आक्रमणको सामु मुक्त क्षेत्रका सैन्य एवम् नागरिक एकाइहरूले प्रतिरक्षाको निम्ति दृढतापूर्वक युद्ध लडे । सैन्य कारबाहीमा तिनीहरूले ‘शत्रुको ठूलो सेनालाई एकएक गरी सिध्याउने’ रणनीति लिए । राजनीतिक मोर्चामा चिकपाले साहसिक रूपमा जनतालाई परिचालन ग¥यो र सबै शक्तिहरूलाई एकगठ ग¥यो । त्यसले बृहत् जनवादी मोर्चा बनाउन सहयोग ग¥यो । गाउँमा चीनको भूमि कानुनको खाका (खेस्रा) घोषणा गरियो । जापानविरोधी युद्धको क्रममा लागू ‘भूमिकर र ब्याजदर घटाउने’ नीति संशोधन गरियो र ‘जमिन जोत्नेलाई’ भन्ने नीति पुनःस्थापना गरियो । मुक्त क्षेत्रलाई बलियो बनाउने सङ्घर्षमा किसानहरूलाई परिचालन गरियो । गृहयुद्ध र चिनियाँ राष्ट्रवादी पार्टीको अत्याचारको विरोधमा सहरमा देशभक्त तथा प्रजातान्त्रिकहरूको व्यापक आन्दोलन उठ्यो । यी नीतिहरूको जनताबाट व्यापक समर्थन भयो । स्वतन्त्रताको युद्धको दौरानमा चिकपाको नेतृत्वको जनसेना र मुक्त क्षेत्रमा क्रमशः र निरन्तर विकास र वृद्धि भयो । एक वर्षभन्दा बढी समयावधिको युद्धपछि जनमुक्ति सेनाले चिनियाँ राष्ट्रवादी पार्टीका सेनाका आक्रमणहरूलाई पराजित ग¥यो र जनमुक्ति सेना रणनीतिक रक्षात्मक नीतिबाट रणनीतिक प्रत्याक्रमणको चरणमा पुग्यो ।
सन् १९४८ को शरद्मा जनमुक्ति युद्ध राष्ट्रव्यापी विजयको रणनीतिक चरणमा पुग्यो । सेप्टेम्बरदेखि जनवरीसम्मका पाँच महिनामा जनमुक्ति सेना लियासेन अभियान, हुआजा अभियान र पिन्चिङ अभियानलाई सफलतापूर्वक सम्पन्न गरी याङ्सी नदीसम्म पुग्यो । सन् १९४९ अप्रिल २० को दिन चिनियाँ जनमुक्ति सेनाले याङ्सी नदी पार गर्ने अभियान थाल्यो । अप्रिल २३ को दिन मुक्ति सेनाले नान्चिङ कब्जा ग¥यो । त्यसरी २२ वर्षको चिनियाँ राष्ट्रवादी पार्टीको शासनको अन्तको घोषणा गरियो । यसपछि मुक्तिसेना केन्द्रीय दक्षिण, दक्षिणपश्चिम, उत्तरपश्चिम र दक्षिणपूर्वी चीनका विभिन्न प्रान्तमा आँधीजस्तो गतिमा पुग्यो । चीनको मुख्त्ूमिका अधिकांश भूमि मुक्त भए । चिनियाँ राष्ट्रवादी पार्टीका बाँकी शक्ति भागेर ताइवान गए ।
चिनियाँ राष्ट्रवादी पार्टीको प्रतिक्रियावादी शासनलाई फालियो । तर नयाँ चीन बनाउने काम बाँकी थियो । धेरै महिनाको तयारीपछि सन् १९४९ को सेप्टेम्बर २१ मा पहिलो चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको विस्तारित बैठक पेइचिङ्गमा बस्यो । उद्घाटन समारोहमा माओ त्सेतुङले दृढतापूर्वक भने, ‘मानव जातिको एक चौथाइ जनसङ्ख्याको प्रतिनिधित्व गर्ने चिनियाँ जनता फेरि एकपटक उभिएका छन् ।’ सम्मेलनमा चिकपाका प्रतिनिधि, विभिन्न प्रजातान्त्रिक पार्टी, पार्टीमा आवद्ध नभएका व्यक्तिहरू, विभिन्न जनसङ्गठनहरू, जनमुक्ति सेना, विभिन्न क्षेत्रहरू, विभिन्न जनजातिहरू, देशबाहिरका देशभक्त चिनियाँहरूका ६ सय २२ प्रतिनिधिहरू सहभागी थिए ।
चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनले पारित गरेको साझा कार्यक्रम नै नयाँ चीनको जग हाल्ने कार्यक्रम थियो । यसले अन्तरिम संविधानको काम ग¥यो । साझा कार्यक्रमले एउटा यस्तो प्रतिज्ञा ग¥यो– ‘जनवादी गणतन्त्र चीन नयाँ प्रजातन्त्रिक गणतन्त्र हो । जनताको प्रजातन्त्र नामकरण गरिएको व्यवस्थाले चीनका विभिन्न प्रजातान्त्रिक शक्तिहरू र जनजातिहरूको समर्थन र मजदुरवर्गको नेतृत्वमा जनताको प्रजातान्त्रिक अधिनायकत्वको अभ्यास गर्छ ।’ ‘विभिन्न तहमा रहेका जनप्रतिनिधिसभा र सरकारहरू राज्यशक्तिको अभ्यास गर्ने जनताका अङ्गहरू हुन् ।’ ‘हरेक तहका राजनीतिक अङ्गहरूले सघन प्रजातान्त्रिक अभ्यास गर्छन् ।’ साझा कार्यक्रमले नयाँ चीनको आन्तरिक मामिला, कूटनीति र आर्थिक क्षेत्रका महत्वपूर्ण पक्षमा प्रतिवद्धता व्यक्त ग¥यो ।
राजनीतिक परामर्शदातृ सम्मेलनले एकमतले केन्द्रीय जनसरकारको अध्यक्षमा माओ त्सेतुङलाई चुन्यो । चु तेह, ली साओचि, सुङ चिङलिङ, लि लिसान, चाङ लान र काओ काङ उपाध्यक्षमा र चाउ एनलाइलगायत ५६ सदस्यसहितको केन्द्रीय सरकार गठन गरिएको थियो । सम्मेलनले नयाँ चीनको नाम जनवादी गणतन्त्र चीन रहेको घोषणा गर्नुको साथै देशको राजधानी पेइचिङ्गमा राख्ने निर्णय ग¥यो । ग्रेगरी क्यालेण्डरलाई आधिकारिक पात्रोको रूपमा लिइयो । ‘स्वयम्सेवकहरूको अभियान’ लाई अस्थायी राष्ट्रिय गान बनाइयो । सम्मेलन सेप्टेम्बर ३० मा सफलतापूर्वक सम्पन्न भयो । त्यही साँझ तियानमेन चोकमा ‘जनताका नायकहरूको स्मारक’ को जग हाल्ने काम भयो ।
चिनियाँ जनक्रान्तिको विजयबाट सम्पूर्ण जनता र जनजातिहरूमाथिको दमन र अत्याचारमात्र होइन, देशलाई लामो र खतरनाक भविष्यमा जाक्ने अन्त्यहीन गृहयुद्ध एवम् वैदेशिक युद्धको अन्त भयो । राष्ट्रिय स्वतन्त्रता एवम् स्वाधीनता प्राप्त गर्ने चिनियाँ जनताको लामो समयदेखिको इच्छा पूरा भयो ।
यसरी नयाँ चीनको जन्म र नयाँ युगको सुत्रपात हुँदै गयो ।
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको नेपाली अनुवाद क्रमशः प्रकाशित गरिनेछ । –सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *