क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
पेकिङ, ८ डिसेम्बर । चीनका राष्ट्रपति सि चिनफिङले प्रजातान्त्रिक गणतन्त्र कोरियाका विदेशमन्त्री रि योङ होलाई शुक्रबार पेकिङमा भेट्नुभएको छ । सो क्रममा राष्ट्रपति सीले दुई देशबीच दीर्घकालीन, स्वस्थ र सुमधुर सम्बन्ध विकासको लागि थप प्रयास अघि बढाउनुपर्ने बताउनुभयो ।
सिले कोरियाली मजदुर पार्टीका अध्यक्ष तथा प्रजग कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जङ उनप्रति आफ्नो शुभकामना सन्देश पु¥याउन विदेशमन्त्री होलाई अनुरोध गर्नुभयो ।
सिले यो वर्षमा भएका किमका तीन वटा चीन भ्रमणका क्रममा चीन–प्रजग कोरियाको मैत्रीपूर्ण सहकार्य गहिरो बनाउने, क्षेत्रीय शान्ति, स्थायित्व र विकासजस्ता प्रमुख विषयमा आपसी विचार आदानप्रदान भएको बताउनुभयो ।
“दुई पक्षबीच भएका महत्वपूर्ण सहमतिहरूको प्रभावकारी कार्यान्वयन भइरहेको देख्दा म ज्यादै खुसी छु ।”, सीले भन्नुभयो ।
यो वर्ष चीन र प्रजग कोरियाबीच दुईपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्ष हो । “चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकार प्रजग कोरियासँग चीनको सम्बन्धलाई उच्च मूल्य दिन्छ र यो चीनले सदैव अङ्गीकार गर्ने सिद्धान्त हो ।”, सिले अघि भन्नुभयो ।
दुई देशबीच कूटनीतिक सम्बन्ध जोडिएको ७० औं वर्षको अवसरलाई उत्सवको रुपमा मनाउनेबारे चर्चा गर्दै राष्ट्रपतिले यो अवसरलाई दुई देशबीच दीर्घकालीन, स्वस्थ र चुस्त विकास गर्ने समयको रुपमा रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले किम जङ उनको नेतृत्वमा आफ्नो राष्ट्रिय परिस्थिति सुहाउँदो गरी कोरियाली जनताले विकासको बाटो चुनेकोमा खुसी व्यक्त गर्दैै प्रजग कोरियाले आगामी दिनमा विकासको बाटोमा अझ अघि बढ्ने आशा व्यक्त गर्नुभयो ।
यो वर्षको आरम्भदेखि नै कोरिया प्रायःद्विपको परिस्थितिमा सुधार आएकोमा खुसी व्यक्त गर्दै कोरिया प्रायःद्विपको मुद्दा राजनीतिक समाधानको सही बाटोमा आउने आशा व्यक्त गर्नुभयो ।
“चीन सधैं अन्तरकोरियाली सम्बन्ध सुधारको पक्षमा रहने र दुई कोरियाबीच सहकार्य र मेलमिलापमा सहयोग गर्नेछ ।”, उहाँले भन्नुभयो ।
प्रजग कोरियाली विदेशमन्त्री होले किमको चीन भ्रमणका क्रममा भएका विविध सम्झौताहरू दुई देशबीचको सम्बन्ध उचाइमा पु¥याउने मार्गदर्शक भएको बताउनुभयो ।
उहाँले चीन र प्रजग कोरियाबीचको सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा दुई देशबीचको पुरानो मित्रता अझै उचाइमा पु¥याउन गतिविधिलाई जोड दिनुपर्ने बताउनुभयो ।
Leave a Reply