तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुन्दरबस्ती, २३ मंसिर । नेपाल क्रान्तिकारी युवा सङ्घ इच्छाकामना गाउँपालिका एकाइ समितिको आयोजनामा १०१ औं अक्टोबर क्रान्ति दिवसको अवसरमा पार्टी प्रकाशन मजदुर–किसान वर्ष ८, अङ्क १ को अध्ययन गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवनका जिल्ला उपाध्यक्ष राजकुमार श्रेष्ठले भारतीय एकाधिकार पुँजीको नेपालमा बढ्दो प्रभाव छ, भारतीय विस्तारवादी नीतिको विरोध गर्न नसक्ने पार्टी देशभक्त र कम्युनिष्ट हुननसक्ने बताउनुभयो ।
“स्वदेशमै रोजगारीको बन्दोबस्त, शिक्षा, स्वास्थ्य निःशुल्क र अनिवार्य, व्यक्तित्व विकासमा समान अवसरलगायत आधारभूत कुरा यो पुँजीवादी व्यवस्थामा बन्दोबस्त हुँदैन । कामदार जनताको शासनसत्ता वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति नेमकिपा सङ्घर्षरत छ ।” उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चितवनका जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङले पार्टी प्रकाशनहरू नियमित छलफल र अध्ययन गर्नुपर्दछ, विचार र सिद्धान्तले पोख्त कार्यकर्ता समाजवादी आन्दोलनमा थाक्दैन भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका जिल्ला सचिव अर्जुन प्रजा, युवा सङ्घका पद्म थापामगर, मेनुका थापामगर, दिपेश थापामगरले आ–आफ्नो कुरा राख्नुभएको थियो ।
Leave a Reply