भर्खरै :

काठमाडौँद्वारा चितवन पराजित

काठमाडौँ, २४ मङ्सिर ःतेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६१ रनको चुनौतीलाई काठमाडौँ किंग्सले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । काठमाडौँ किंग्सका लागि भारतीय खेलाडी सुब्रमण्यम आनन्दले अविजित ४३ रन, सागर पुनले ३९, नरेश बुढाऐरले २२ तथा अमित श्रेष्ठले १८ रन बनाए ।
बलिङतर्फ चितवनका लागि साहव आलमले दुई, ललितसिंह भण्डारीले र पल स्टर्लिङले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो । चितवनका लागि दीपेन्द्र सिंह ऐरीले ४५ रन जोडे भने पल स्टर्लिङले ३४, सन्दीप सुनारले २५, पृथु बाँस्कोटाले अविजित २० तथा भीम सार्कीले ७ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि सम्शाद सेख र प्रदीप साहुले तीन÷तीन तथा सागर पुन, अमरसिंह राउटेला र केभिन ओ व्रायनले एक/एक विकेट लिए ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *