भर्खरै :

भारतमा मोदीको नराम्रो हार

नयाँ दिल्ली, ११ डिसेम्बर । भारतमा आमनिर्वाचन आउन केही महिना बाँकी हुँदा सत्तासीन भारतीय जनता पार्टी (भाजपा) ले त्यहाँका तीन वटा प्रादेशिक निर्वाचनमा पराजय भोग्नुपरेको छ । भारतका मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले सन् २०१४ यताकै सबभन्दा ठूलो चुनावी पराजय भोग्नुपरेको छ ।
मध्यप्रदेशको २३० सदस्यीय प्रदेश सभामा भाजपाले १०४ स्थानमै चित्त बुझाउनुपरेको छ भने काङ्ग्रेस आईले ११७ स्थान जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ । राजस्थानको १९९ सदस्यीय सभामा भाजपाले ७३ स्थान जितेको छ भने काङ्ग्रेस आईले १०१ स्थान जितेको छ ।
छत्तिसगढको चुनावमा काङ्ग्रेस आईले ६४ स्थान जितेको छ भने भाजपा १७ स्थानमा खुम्चिएको छ । तेलाङ्गानामा त्यहाँको क्षेत्रीय पार्टी तेलाङ्गाना राष्ट्र समितिले ११९ सदस्यीय प्रदेश सभामा ८७ स्थान जितेर बहुमत प्राप्त गरेको छ ।
चुनावी परिणाममा भाजपाको पराजयलाई भारतको केन्द्रीयमा आउनसक्ने सम्भावित परिवर्तनको पूर्वसड्ढेतको रुपमा लिइएको छ । अति हिन्दूवादी नीति, चुनावमा मोदीले दिएका रोजगारी बढाउने आश्वासन पूरा गर्न नसक्दा भाजपाले यो पराजय भोग्नुपरेको विश्लेषकहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *