भर्खरै :

सि चिनफिङको नयाँ पुस्तक

पेचिङ, ११ डिसेम्बर । क्षेत्र र बाटो परियोजना (बेल्ट एण्ड रोड इनिसियटिभ) बारे चीनका राष्ट्रपति सि चिनफिङले दिएका मन्तव्य र भनाइ सङ्कलन गरी चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत केन्द्रीय पार्टी साहित्य प्रेसले नयाँ पुस्तक प्रकाशन गरेको छ । पुस्तकमा सिले बितेका पाँच वर्षमा सो परियोजनाबारे दिएका अभिव्यक्तिको सङ्कलन गरिएको छ ।
क्षेत्र र बाटो परियोजनाबारे सीले सुरूमा सन् २०१३ को सेप्टेम्बरमा कजाकिस्तानको नजरबायेभ विश्वविद्यालयमा दिएको भाषणलगायत हालसम्मका ४२ वटा महत्वपूर्ण विचार समावेश छन् । उनले सो विषयमा सबभन्दा पछिल्लो भाषण सन् २०१८ को जुलाईमा चीन–अरब देश सहकार्य मञ्चको आठौं मन्त्रीस्तरीय बैठकको उद्घाटन कार्यक्रमा दिएका थिए ।
कूल १ लाख ३० हजार चिनियाँ शब्दको सो पुस्तक चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत पार्टी इतिहासरर साहित्य प्रतिष्ठानले ती लेखहरू सङ्कलन गरेको हो ।
सिद्वारा प्रस्तावित क्षेत्र र विकास परियोजनाबाट विश्वभरबाट हार्दिक स्वागत भएको छ । विशेषतः प्रस्तावित क्षेत्र र बाटो परियोजनामा समावेश देशहरूले यसलाई सकारात्मक रुपमा लिएका छन् । सो पुस्तकको चिनियाँ संस्करण मङ्गलबारबाट चीनभरि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *