नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
अध्याय २
निर्माण
रूपान्तरण लागू गर्ने प्रयासहरू
(चीनको विदेशी भाषा प्रेसले सन् २०१२ मा प्रकाशित गरेको पुस्तक ‘द पाथ अफ द सीपीसी, रिभोल्युसन, क्रन्स्ट्रक्सन एण्ड रिफर्म’ को नेपाली अनुवाद राकस्थाले गर्नुभएको हो । पुस्तकको अघिल्लो खण्डमा चीनको क्रान्तिकालीन समयको चर्चा गरिएको छ भने दोस्रो खण्डमा चीनको निर्माणकालीन समयको चर्चा गरिएको छ । –सम्पादक)
शान्तिपूर्ण स्वतन्त्र वैदेशिक नीतिको अनुशरण
सार्वभौमिकता र भूमिको अखण्डताको पुनःस्थापना गर्नु, एक शताब्दीदेखिको कूटनीतिक अपमानको अन्त्य गर्नु र समानताको आधारमा विभिन्न देशसँग कूटनीतिक सम्बन्ध गाँस्नु नै चिनियाँ कूटनीतिक क्रान्तिका मुख्य उद्देश्यहरू थिए । नयाँ चीन स्थापना गर्ने घोषणा भएको साँझ चिकपाले स्वतन्त्रता र आत्मनिर्भरतामा आधारित कूटनीतिक सिद्धान्तहरू लागू गर्ने र नयाँ चीनले शान्तिपूर्ण वैदेशिक नीति अभ्यास गर्ने एक स्वरले निर्णय ग¥यो ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिका र सोभियत सङ्घबीच केन्द्रित दुई ध्रुवीय द्वन्द्वको स्थिति देखियो । चीनमा गृहयुद्धको बेला कम्युनिष्टविरुद्धको अभियानअन्तर्गत संरा अमेरिकाले चियाङ काइसेकलाई सहयोग ग¥यो । सोभियत सङ्घले चिनियाँ क्रान्तिप्रति सहानुभूतिपूर्ण नीति लिंदै सहयोगी भूमिका निभायो । माओ त्सेतुङले ‘नयाँ सुरुवात’, ‘पाहुना आउनुअघि सफा गर्ने’ र ‘पक्ष लिने’ जस्ता तीन निर्देशन प्रस्ताव गरे । ‘नयाँ सुरुवात’ को अर्थ नयाँ चीनले पुरानो चीनले स्थापना गरेका कूटनीतिक सम्बन्धहरूलाई अस्वीकार गर्ने भन्ने थियो । समानता र स्वतन्त्रताको आधारमा अन्य देशसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने त्यसको उद्देश्य थियो । ‘पाहुना आउनुअघि सफा गर्ने’ भन्नुको अर्थ थियो नयाँ चीनले चीनमा साम्राज्यवादीहरूका विशेषाधिकारहरूलाई समाप्त पारेर साम्राज्यवादी शक्तिहरूलाई भगाउनु र पश्चिमा देशहरूसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न हतार नगर्ने । यी दुई निर्देशिका आत्मसात् गर्नुको अर्थ पुरानो चीनमाथि थोपरिएका बन्धन र कूटनीतिक अपमान समाप्त पार्नु र नयाँ चीनले कूटनीतिक सम्बन्ध विस्तार गर्ने थियो । ‘पक्ष लिने’ को अर्थ नयाँ चीनले अन्तर्राष्ट्रिय असमझदारीहरूबारे सोभियत सङ्घसँग मित्रता राख्ने र समाजवादी देशहरूको पक्ष लिने भन्ने नीति पर्दथ्यो । यी निर्देशिकाबाट आधुनिक चीनको कूटनीतिक पहिचान बनाउन र राष्ट्रिय सुरक्षा र वैदेशिक सहयोग प्राप्त गर्नको निम्ति सहज भयो ।
चिकपा स्थापना भएलगत्तै चीनले कूटनीतिक सम्बन्ध स्थापनाको पहिलो तरङ्गको स्वागत ग¥यो । चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश सोभियत सङ्घ थियो । त्यसपछि युरोप र एसियाका प्रजातान्त्रिक देशहरू सबैले कूटनीतिक सम्बन्ध स्थापना गर्न थाले । चीनले अन्य देशसँग पनि सामान्य कूटनीतिक सम्बन्ध स्थापनाको प्रयास ग¥यो । यदि कुनै देशले चिकपालाई मान्यता दिने, चिनियाँ राष्ट्रवादी पार्टीको सरकारसँगको सम्बन्ध तोड्ने वा संयुक्त राष्ट्रसङ्घमा नयाँ चिनियाँ सरकारलाई एकमात्र प्रतिनिधिको रूपमा स्वीकार्ने हो भने ती देशसँग कूटनीतिक सम्बन्ध विस्तारको निम्ति खुसी हुने कुरा चिनियाँ केन्द्रीय सरकारले स्पष्ट पा¥यो । सन् १९५१ को मे महिनासम्ममा १९ वटा विभिन्न देशले नयाँ चीनसँग कूटनीतिक सम्बन्ध विस्तार गरे । यद्यपि संरा अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा देशहरूले चीनलाई नियन्त्रण गर्ने र एक्ल्याउने नीति लिए । परिणामस्वरुप लामो समयसम्म चीनले पश्चिमा देशहरूसँग सामान्य कूटनीतिक सम्बन्ध पनि राख्न पाएन ।
एसिया र विश्वका अन्य देशमा शान्ति स्थापनाको रणनीतिअनुसार संरा अमेरिकी आक्रमणको प्रतिरोध युद्धमा कोरियालाई सहयोग गरेपछि चिनियाँ जनतामा आत्मविश्वासको विकास भयो । नयाँ चीनको अन्तर्राष्ट्रिय ख्याति ह्वात्तै बढ्यो । संरा अमेरिकाको चीनलाई नियन्त्रण गर्ने र एक्ल्याउने नीति विफल पार्न र अन्य देशहरू खासगरी एसिया र अफ्रिकाका अन्य देशसँग सम्बन्ध विस्तार गर्न विश्वका कुनै पनि साना वा ठूला देश सबै समान भएको चिनियाँ दृष्टिकोण प्रस्ताव गरियो । यसले राज्य–राज्यबीचको सम्बन्धको निम्ति पाँच आधारभूत सिद्धान्तहरू प्रस्ताव गरियो । ती थिए ः सार्वभौमिकता र भूअखण्डताको सम्मान, अनाक्रमण, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, बराबरी र आपसी हित तथा शान्तिपूर्ण सहअस्तित्व ।
सन् १९५४ मा नयाँ चीनलाई जेनेभा सम्मेलनमा भाग लिन निम्तो दिइयो । एक मुख्य सहभागीको रूपमा अन्तर्राष्ट्रिय दबुमा चीन देखापरेको त्यो नै पहिलोपटक थियो । मुख्य अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अन्तर्राष्ट्रिय द्वन्द्व शान्तिपूर्ण विमर्शको माध्यमबाट समाधान गर्ने नीति निर्माण र सैन्य कूटनीतिमा नयाँ चीनको यो सुरुवाती कदम थियो । प्रधानमन्त्री चाउ एनलाइको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले कोरियाली तथा भारत–चीन समस्या समाधानको निम्ति उदार भएर प्रयास ग¥यो । परामर्श मन पराउने र खुला प्रकृतिका चाउ एनलाइले आफ्नो व्यक्तित्व र नयाँ चीनको अन्तर्राष्ट्रिय छवि राम्ररी प्रस्तुत गरे । भारत–चीनबीच युद्धविराम सहमति त्यस सम्मेलनको एक उपलब्धि थियो । नयाँ चीनले अन्तर्राष्ट्रिय शान्तिको निम्ति संयुक्त मोर्चा विस्तार ग¥यो र घरेलु निर्माणको निम्ति उपयुक्त वातावरण निर्माण ग¥यो ।
जेनेभा सम्मेलन सम्पन्न भएपछि चाउ एनलाइले भारत र बर्माको भ्रमण गरे र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पक्षमा दुवै देशका प्रधानमन्त्रीहरूसँग संयुक्त वक्तव्य प्रकाशित गरे । पाँच सिद्धान्तहरूको निर्देशनअनुसार चीनको अन्तर्राष्ट्रिय सम्बन्ध छिटो विकास भयो । अन्तर्राष्ट्रिय राजनीतिक फाँटमा चीनको निम्ति त्यो अर्को महत्वपूर्ण कोसेढुङ्गा साबित भयो । त्यसले एसिया र अफ्रिकी देशहरूबीच व्यापक स्तरको आदानप्रदान गर्ने मूल ढोका खुल्यो ।
त्यसबखत समाजवादी शिविर र पुँजीवादी शिविरबीच शीतयुद्धकालीन द्वन्द्वको एक समयावधि थियो । सिद्धान्त र सामाजिक प्रणालीहरूभन्दा अगाडि बढेर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू देशहरूबीच राजनीतिक सम्बन्धहरूको निम्ति मात्र होइन, आर्थिक सम्बन्धको निम्ति पनि उपयुक्त थिए । ती सिद्धान्त चीनका राजनीतिक नीतिका आधारशिलाहरू थिए र तिनले बिस्तारै अन्तर्राष्ट्रिय समुदायबीच आम मान्यता पाए ।
अन्य धेरैजसो देशहरूसँग सामान्य कूटनीतिक सम्बन्ध विस्तार गर्ने काममा ढिलो सुधार भयो । सन् १९५० को दसकको उत्तराद्र्धदेखि सन् १९६० को मध्यसम्म अन्तर्राष्ट्रिय स्थिति अशान्त थियो । विश्वका विभिन्न राजनीतिक शक्तिहरू टुक्रिने र पुनःसङ्गठित हुने अवस्थामा गुज्रिरहेका थिए । चीनको विदेश सम्बन्धमा पनि महत्वपूर्ण परिवर्तन भयो । सन् १९६० को दसकको पूर्वाद्धमा चीन र सोभियत सङ्घबीचको सम्बन्ध लगातार बिग्रियो । दुवै देशहरू फरक–फरक आन्तरिक समस्याहरू भोग्दैथिए । कुनै देशहरू अन्तर्राष्ट्रिय राजनीतिक प्रणालीअन्तर्गत भिन्न स्तरमा थिए । त्यसै अवधिमा संरा अमेरिकाले विद्वेष र एक्ल्याउने नीतिको अभ्यास ग¥यो । त्यसले ताइवानमा आफ्नो सैन्य उपस्थितिलाई निरन्तरतामात्र दिएन, भियतनाममा युद्धको विस्तार ग¥यो । चीनले सोभियत सङ्घ र संरा अमेरिकाजस्ता दुई महाशक्तिको सामना गर्नुप¥यो ।
दुई महाशक्तिहरूको दबाब र भूराजनीतिक जटिलता सामना गरिरहेको चीन स्वतन्त्रता र आत्मनिर्भरताका सिद्धान्तमा अडिग रह्यो, चीनले आफ्नो सार्वभौमिकता, भूअखण्डता र राज्यका चासोहरूको दृढ रक्षा गर्दै, दुई महाशक्तिहरूको आधिपत्यको विरोध ग¥यो । चीन सोभियत सङ्घको एक खालको दबाबबाट निस्कन सफल भयो । चीनले भियतनाममाथि संरा अमेरिकी आक्रमण र ताइवान विषयमा ‘दुई चीन’ बनाउने षड्यन्त्रको विरोध ग¥यो । माओ त्सेतुङले प्रस्ताव गरेका ‘दुईमध्य क्षेत्र’ रणनीतिक विचारका अनुसार चीनले पूर्वी र पश्चिमी युरोप र जापानसँगको सम्बन्ध सुधार गर्ने प्रयाससँगै एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनतासँग ऐक्यबद्धता र सहकार्यलाई बढी महत्व दियो ।
एसिया र अन्यत्र पनि शान्ति कायम गर्ने सशक्त भूमिका खेल्न चीनले संरा अमेरिका र सोभियत सङ्घबाट स्वतन्त्र भई महत्वपूर्ण अन्तर्राष्ट्रिय शक्तिको रूपमा काम गरेको त्यो पहिलो प्रस्थान बिन्दु थियो । सन् १९६४ को जनवरीमा चीनले फ्रान्ससँग कूटनीतिक सम्बन्ध स्थापना ग¥यो । त्यस कदमले पूरा विश्वलाई हल्लाइदियो । सिद्धान्त र राजनीतिक प्रणालीमा ठूलो अन्तर भएका दुई देशहरूबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा कूटनीतिक सम्बन्ध कायम भएको थियो । चीन र अन्य पुँजीवादी देशहरूबीचको सम्बन्ध सामान्यीकरण गर्ने यो एक उदाहरण बन्यो । यो कदमले दुवै देशको आर्थिक उन्नति गर्न सहयोग पुग्यो ।
सन् १९६० को दसकको अन्त्यदेखि १९७० को दसकको सुरुवातमा चीन र सोभियत सङ्घबीचको चीनतिरको चेन्वाओ टापूमा चरणबद्ध सशस्त्र द्वन्द्व चल्यो । दुई देशबीचको सम्बन्ध अरु तनावपूर्ण भयो । त्यसै समयमा भियतनाम युद्धमा फसेको संरा अमेरिका आन्तरिक गहिरो सामाजिक सङ्कट व्यहोर्दै गर्दा सोभियत सङ्घसँगको प्रतिस्पर्धामा पछाडि परेको थियो । त्यसले चीनसँगको सम्बन्ध सुधार गर्न संरा अमेरिकालाई बाध्य पारेको थियो ।
सन् १९६९ को सुरुवातमा रिचार्ड निक्सन संरा अमेरिकाको राष्ट्रपति भए । चीनसँग आदानप्रदानको ढोका खोल्नु उनको साह्रै महत्वपूर्ण कूटनीति थियो । केही अवधिको अनुसन्धान एवं आदानप्रदानपछि चीन र संरा अमेरिकाका नेताहरूले आ–आफ्ना विदेश नीतिहरूमा संशोधन गर्ने बुद्धिमत्तापूर्ण निर्णय गरे । दुई देशबीचको सम्बन्ध सामान्यीकरण गर्ने प्रक्रियामा दृढ पाइला चालियो । सन् १९७१ को मार्चदेखि अप्रिलसम्म जापानमा ३१ औं विश्व टेबुलटेनिस प्रतियोगिता भयो । त्यसले प्रतियोगी चीन र संरा अमेरिकालाई दुई देशबीचको सम्बन्ध विस्तार गर्ने अवसर प्रदान ग¥यो । माओ त्सेतुङले संरा अमेरिकी टेबुलटेनिस टीमलाई प्रतियोगितापछि चीन भ्रमण गर्ने निम्ता दिएका थिए । चिनियाँ र अमेरिकी जनताबीचको यो मैत्रीपूर्ण आदानप्रदानले दुई देशबीचको सम्बन्ध सामान्य बनाउन सहयोग ग¥यो । ‘सानो बल जसले संसारलाई हल्लायो’ भनी पछिल्लो पुस्ताले बुझेको प्रसिद्ध ‘पिङपङ कूटनीति’ ले चीन–संरा अमेरिका सम्बन्ध विकास गर्न मद्दत ग¥यो । त्यही वर्षको जुलाईमा संरा अमेरिकी विशेषदूत डा. हेनरी किसिन्जरले पेइचिङको गोप्य भ्रमण गरे र त्यसले राष्ट्रपति निक्सनको औपचारिक चीन भ्रमणको बाटो खोल्यो । सन् १९७२ को फेब्रुअरीमा निक्सनले एक हप्ता लामो चीन भ्रमण गरे । चीन र संरा अमेरिकाबीच साङ्घाइमा संयुक्त वक्तव्यमा हस्ताक्षर भयो । त्यसले एकअर्कासँग शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्विदेशीय सम्बन्धको अभ्यास गर्ने सङ्केत ग¥यो । साथै त्यसको अर्थ ‘एउटामात्र चीन छ र ताइवान चीनको एक अङ्ग हो’ भन्ने लाग्थ्यो । चीन–संरा अमेरिका सम्बन्धमा संयुक्त साङघाइ वक्तव्य कोसेढुङ्गा साबित थियो । त्यसले दुई देशबीचको सम्बन्ध सामान्यीकरणको शुभारम्भ ग¥यो ।
सन् १९७१ को अक्टोबरमा भएको संयुक्त राष्ट्रसङ्घको २६ औं महासभाले विकासशील देशहरूको व्यापक समर्थन (७६ मतले अत्यधिक बहुमत, १७ को अनुपस्थिति) मा जनवादी गणतन्त्र चीनको सम्पूर्ण न्यायिक अधिकार फिर्ता गर्ने विषयमा मतदान ग¥यो । त्यही वर्ष नोभेम्बरमा जनवादी गणतन्त्र चीनले पठाएको दूतले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिए । संयुक्त राष्ट्रसङ्घमा कानुनी स्थानको पुनःबहाली र चीन–संरा अमेरिकाको सम्बन्ध सामान्यीकरण भएकोले चीनको अन्तर्राष्ट्रिय सम्बन्धले तीव्र विकास ग¥यो । चीनसँग सम्बन्ध विस्तार गर्नको एउटा नयाँ दौड सुरु भयो । संरा अमेरिकाबाहेक एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका थुप्रै देशका विभिन्न समूह र पश्चिमा देशहरूले चीनसँग सामान्य कूटनीतिक सम्बन्ध स्थापना गरे ।
सन् १९७० को दसकको सुरुवाती वर्षहरूमा कूटनैतिक क्षेत्रमा चीनले थप महत्वपूर्ण सफलता हात पा¥यो । कूटनीतिक क्षेत्र विस्तार गरियो । चीनलाई सुधार र खुलापनको बाटोमा अगाडि बढाउन र अन्तर्राष्ट्रिय विषयहरूमा अझ सक्रिय भूमिका निर्वाह गर्न लगाउन त्यो एक पूर्वशर्त थियो ।
Leave a Reply