इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
हवाना, १२ डिसेम्बर । दुई वर्षअघि संरा अमेरिकाले क्युवामा रहेका आफ्ना कूटनीतिक प्रतिनिधिमाथि विकिरण हमला भएको दाबी गरेको थियो । तर बुधबार क्युवाली विदेशमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले त्यस्तो हमला भएको अझैसम्म कुनै प्रमाण फेला नपरेको बताएका छन् ।
“संरा अमेरिकी कूटनीतिज्ञहरूको स्वास्थ्यमा हानी हुने गरी क्युवामा त्यस्तो घटना भएको आजसम्म कुनै प्रमाण फेला परेको छैन ।”, क्युवाली विदेशमन्त्रालअन्तर्गत संरा अमेरिका हेर्ने शाखाका प्रमुख कार्लोस फर्नान्डेज डी कास्सिओले भने ।
संरा अमेरिकाले आफ्ना कूटनीतिक प्रतिनिधिहरूमाथि हमला भएको बताए पनि कसमाथि त्यस्तो हमला भएको थियो, अझैसम्म खुलाएको छैन ।
“बिरामीको स्वास्थ्य अवस्थाबारे कुनै मूर्त तथ्याड्ढ छैन । उनीहरू आजभोलि कहाँ छन्, उनीहरूको स्वास्थ्य अवस्था अहिले कस्तो छ, केही पनि जानकारीमा छैन । सबै सूचना कपोलकल्पित र झूटो हो ।”, क्युवाली अधिकारीले भने ।
संरा अमेरिकी कूटनीतिक प्रतिनिधि र उनीहरूका परिवारमध्ये केहीले कान नसुन्ने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिएको बताइएको थियो । सन् २०१६ को अन्त्यतिर त्यस्तो हल्ला व्यापक बनेको थियो ।
त्यस्तो हल्ला फैलिएलगत्तै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल क्युवामा अमेरिकी कर्मचारीको सङ्ख्या घटाउन, भिसा प्रक्रिया सबै बन्द गर्न आदेश जारी गरेका थिए । उनले सन् २०१७ को अक्टोबरमा वाशिङ्टनमा कार्यरत पन्ध्र जना क्युवाली कूटनीतिक प्रतिनिधिहरूलाई संरा अमेरिकाबाट निष्काशन गरेका थिए ।
क्युवाली अनुसन्धानकर्ताअनुसार त्यस्तो हमला भएको कुनै प्रमाण फेला नपरेको बताइसकेका छन् । अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा क्युवाली अधिकारीले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
वाशिङ्टनले यो घटनालाई अतिरञ्जना फैलाउन खोजेको र राजनीतिक रङ्ग दिन खोजेको क्युवा सरकारले बताउँदै आएको छ । संरा अमेरिका र क्युवाबीच सम्बन्ध सुधार भएको हेर्न नचाहने शक्तिले यस्तो षड्यन्त्र गरेको हवानाको भनाइ छ ।
Leave a Reply