अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ५, २०८१
ललितपुर, २७ मंसिर । नेपाली इन्जिनियरिहरूको पेशागत सङ्गठन नेपाल इन्जिनियर्स एसोसियसनको ३२ औं केन्द्रीय कार्यकारिणी तथा प्रदेश कार्यकारिणी समितिको निर्वाचन मंसिर २८ गते शुक्रबार प्रज्ञाभवन, कमलादीमा हुँदैछ । निर्वाचनमा नेपाल मजदुर किसान पार्टी समर्थित इन्जिनियर समाज नेपालको तर्फबाट केन्द्रीय कार्यकारिणी समितिको लागि तीन जना र प्रदेश नं. ३ कार्यकारिणी समितिको लागि १२ जना इन्जिनियरहरूको उम्मेदवारी रहेको इन्जिनियर समाज नेपालका अध्यक्ष इ. रवीन्द्र फोजूले जानकारी दिनुभयो ।
निर्वाचनमा इन्जिनियर समाज नेपालको तर्फबाट केन्द्रमा कोषाध्यक्षमा इ. अमोद उलक र सदस्यमा इ. गणेशराम ध्वजू र इ. दीपेन्द्रबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै प्रदेश नं. ३ को लागि सभापतिमा इ. सुजन माक, उपभापतिमा इ. डा. मन्जिप शाक्य, सविचमा इ. सविन महर्जन, सहसचिवमा इ. सुस्मिता थापा, कोषाध्यक्षमा इ. रत्नशोभा प्रजापति, सदस्यहरुमा इ. सदाम बाला, इ. विजय जति, इ. जीवन बोहजू, आ. सुरेन्द्र ख्याजू, इ. रजिम गणेश, इ. उकेश सुलू र इ. राजाराम प्रजापतिले उम्मेदवारी दिनुभएको छ ।
एसोसियसनको निर्वाचनमा स्वच्छ, उत्साही र देशभक्त युवा इन्जिनियरहरूको नेतृत्व इन्जिनियर समाज नेपालले गरिरहेको समाजका उपाध्यक्ष इ. नरेश खत्रीले बताउनुभयो ।
यो वर्ष जरूरी साधारण सभामाफर्त एसोसियसनको विधान संशोधनगरी अध्यक्षको उम्मेदवार बन्न सदस्य भएको १५ वर्ष, उपमहासचिव र महासचिवको उम्मेदवार बन्न १० वर्ष, उपमहासचिव र कोषाध्यक्षको उम्मेदवार बन्न ५ वर्ष र सदस्यको उम्मेदवार बन्न २ वर्ष नाघेको हुनुपर्ने प्रावधान राखिएको छ ।
देश र जनताको सेवामा नयाँ पुस्तालाई अग्रसर बनाउनुपर्नेमा नयाँ पुस्तालाई निरूत्साहित बनाउन एसोसियसनले हतारमा षड्यन्त्रपूर्वक यस्ता नियमहरू ल्याइएको इन्जिनियर समाजका उम्मेदवारहरूले बताएका छन् ।
सम्मुनत नेपाल निर्माणको लागि देशभक्त इन्जिनियरहरू एकजुट हुन आह्वान गर्दै कोषाध्यक्षका उम्मेदवार इ. अमोद उलकले भन्नुभयो, ‘‘विकास निर्माणको अभिभारा बोकेका इन्जिनियर एवं आर्किटेक्टहरूले सरकारमा बसेका भ्रष्ट नेता, कर्मचारी र दलालहरूको घेराबाट उम्केर भ्रष्टाचार र बेइमानीविरूद्ध सङ्घर्ष उत्रनु आजको आवश्यकता हो ।’’
पेशागत मर्यादा कायम राख्न भ्रष्ट इन्जिनियरहरूको सदस्यता खारेज गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
प्रदेश नं. ३ का सभापतिका उम्मेदवार इ. सुजन माकले देशलाई आवश्यक दक्ष इन्जिनियरहरू तयार गर्नको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका कलेजहरूलाई सबैले सहयोग गर्नुपर्ने तथा न्यूनतम् पूर्वाधारविना सञ्चालित कलेजहरू बन्द गराउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्यसमेत रहनुभएका इ. माकले इन्जिनियरिङ शिक्षामा भइरहेको अराजकता, मनोमानी शुल्क निर्धारण रोक्ने र उत्पादन श्रमसित जोडिएको इन्जिनियरिङ अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
निर्वाचनमा देशभरिका १७ हजार इन्जिनियरहरू मतदाता रहेका छन् भने प्रदेश ३ मा मात्र करिब १४ हजार मतदाता छन् ।
Leave a Reply