भर्खरै :

सुधार र खुलापनको चालीस वर्षगाँठमा

पेइचिङ, १४ डिसेम्बर । चीनले सुधार र खुलापनको नीति सुरूवात गरेको चालिसौं वार्षिकोत्सवको अवसरमा शनिबार साँझ चीनको राजधानी पेइचिङमा भव्य साँस्कृतिक उत्सवको आयोजना गरियो ।
द ग्रेट हल अफ द पिपुल्समा आयोजित सो कार्यक्रममा तीन हजारभन्दा बढी दर्शकसँगै साँस्कृतिक प्रस्तुति हेर्न चीनका उच्चपदस्थ नेताहरू सी चिनफिङ, लि खस्याङ, वाङ याङ, वाङ हुनिन, हान चेन र वाङ छिशान पुग्नुभएको थियो ।
सभाहलको बाल्कोनीमा ‘तङ स्याओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त, विकासको वैज्ञानिक दृष्टिकोण र नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधाराको पथ पछ्याउँदै चिनियाँ विशेषतासहितको समाजवादको ध्वजा उँचो राख्दै कामरेड सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिमा गोलबन्द होऔं र नयाँ युगमा सुधार र खुलापन अथक रुपमा अघि बढाऔं’ भन्ने नारा लेखिएको विशाल आकारको व्यानर राखिएको थियो ।
साँझ ७ः५५ बजे ग्रेट हलभित्र सीलगायत चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरू सुधार र खुलापनको नीति कार्यान्वयन गर्न महत्वपूर्ण योगदान गरेका व्यक्तित्वहरूसँग सद्भावपूर्वक हात मिलाउँदै प्रवेश गर्नुभएको थियो । उहाँहरूको प्रवेश हुँदा हलभित्र गगनभेदी ताली बजेको थियो ।
हलमा ‘हाम्रा चालिस वर्ष’ नामको साँस्कृतिक प्रस्तुति गरिएको थियो । सो प्रस्तुतिमा सुधार र खुलापनले चीन र चिनियाँ जनताको जीवनमा ल्याएको परिवर्तनबारे प्रस्तुत गरिएको थियो ।
‘महान् जागरण’ नामको कविता पनि सो क्रममा वाचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *