भर्खरै :

ख्वप बास्केटबल प्रतियोगिताका खेलहरू जारी

भक्तपुर, २९ मंसिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिक उत्सवको अवसरमा आयोजित बास्केटबल प्रतियोगिताका खेलहरु शनिबार पनि चालू रह्यो ।
विभिन्न तहमा अध्ययरनत विद्यार्थीहरूबीच उक्त प्रतियोगिता लिग चरणमा भइरहेको छ ।
शनिबार कक्षा ११ र १२ का छात्र विद्यार्थीहरुबीच भएको प्रतियोगितामा ख्वप माविले सी बर्ड माविलाई, नेपाल प्रहरी माविले चाणक्य माविलाई, सैनिक महाविद्यालयले मोर्डन माविलाई र जनप्रेमीले निकल्सन माविलाई पराजित गरे ।
कक्षा ११ र १२ को छात्रा प्रतियोगितामा ख्वप माविले काठमाडौँ वल्र्ड स्कूललाई र सैनिक महाविद्यालयले सी बर्ड माविलाई पराजित गरे ।
कक्षा ८ देखि १० कक्षासम्मका छात्र विद्यार्थीहरूबीच भएको प्रतियोगितामा एभरेष्ट स्कूलले गुरूकुललाई, गुरूकुलले न्यातपोललाई, ओम ज्ञान मन्दिरले न्यातापोललाई र सैनिक महाविद्यालयले जनप्रेमीलाई र ओम ज्ञान मन्दिरले एभरेष्ट स्कूललाई पराजित गरे ।
त्यस्तै कक्षा ८ देखि १० सम्मका छात्रा विद्यार्थीहरूबीच भएको प्रतियोगितामा गुरूकुलले नेपाल तारालाई पराजित ग¥यो ।
त्यस्तै स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीबीच भएको प्रतियोगितामा बेलर कलेजले ख्वप कलेजलाई र काठमाडौँ स्कूल अफ लले ख्वप इन्जिनियरिङ कलेजलाई पराजित गरे ।
आइतबार कक्षा ११ र १२ छात्रा प्रतियोगितातर्फ सैनिक र ख्वप माविबीच, काठमाडौँ वल्र्ड र सी बर्डबीचको खेल हुनेछ भने छात्र कक्षा ११ र १२ प्रतियोगितामा नेपाल प्रहरी र जनप्रेमीबीच र चाणक्य र सैनिक विद्यालयबीच खेल हुनेछ ।
कक्षा ८ देखि १० सम्मको छात्रतर्फ नेपाल प्रहरी र ओम ज्ञान मन्दिरबीच तथा सैनिक विद्यालय र एभरेष्ट विद्यालयबीचको खेल पनि आइतबार नै हुने भएको छ ।
त्यस्तै कक्षा ८ देखि १० सम्मका छात्रातर्फ गुरूकुल र सुप्रिमबीच तथा एभरेष्ट र निष्टबीचको खेल हुनेछ भने स्नातक तथा स्नातकोत्तर तहको प्रतियोगितातर्फ काठमाडौँ स्कूल अफ ल र भक्तपुर क्याम्पसबीच तथा अक्सब्रिज र बेलरबीचको प्रतियोगिता आइतबार नै सञ्चालन हुने प्रतियोगिता संयोजक एवं ख्वप माविका उपप्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिता ख्वप मावि÷कलेज परिसरमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *