भर्खरै :

काठमाडांैमा घर भएर पनि घरभाडा लिने सांसदहरू पुँजीवादी विकृतिका उदाहरण

काठमाडौं, १ पुस । सभ्य राजनीतिको सबभन्दा सुन्दर पक्ष नै नैतिकता हो । नैतिकता त्यागेर गरिने राजनीतिक विकृतिको द्योत्तक हो ।
समाजवादी देशहरूमा राजनीति जनताको सेवा र समाजको प्रगतिको निम्ति योगदान गर्ने उत्तम बाटो हो । निजी स्वार्थ त्यागेर समाजको सर्वाङ्गिण हितको लागि काम गर्ने जीवनलक्ष्य बोकेका मानिस नै राजनीतिमा होमिने गर्दछन् । महान लक्ष्य बोकेर राजनीतिमा होमेका मानिसले नै समाजको निम्ति उल्लेखनीय योगदान गर्न सक्दछ । तर पुँजीवादी व्यवस्था पैसाको पुजा गर्ने व्यवस्था भएकोले पुँजीवादी राजनीतिक दलका नेता कार्यकर्ता पनि पैसाकै लागि राजनीतिमा लाग्ने गर्दछन् ।
मुखले जनताको सेवा गर्ने भने पनि उनीहरूको मन र दिमागमा पैसाकै भूत सधैंभरि खेलिरहेको हुन्छ । उनीहरू पैसा कमाउन नै राजनीतिमा लागेको हुन्छ । पुँजीवादी राजनीति पैसाबिना गर्न नसकिने हुन्छ ।
काठमाडांैमा घर भएर पनि अलग घरभाडा लिने सांसदको चर्चा चलेको छ । यो अनैतिकताको उदाहरण हो । नेपालीमा एउटा पुरानो उखान छ–राजाले दिंदा बर्कोमा पनि तेल थप्नुपर्छ । राज्यकोषको पैसा वा सुविधा सकेसम्म लुट्नुपर्छ भन्ने मानसिकता नै यो उखानको सार हो ।
तर, समय धेरै अघि बढिसकेको छ । राणा र राजाको शासनकालमा चलेका यस्ता उखानका उमेरले पनि नेटो काटिसकेको छ । तर गणतन्त्र नेपालका सांसदहरूको दिमाग भने अझै पनि राज्यकोष लुट्ने भावना ज्युँकात्युँ बाँकी हुनु देशकै लागि विडम्बना हो । राजनीतिलाई पैसा कमाउने बाटोको रुपमा लिंदा, सांसद र मन्त्री बन्दा नकमाए कहिले कमाउने भन्ने खोटो चिन्तन अझै पनि सांसदहरूमा हुनु नै यसको जरा हो ।
समाजवादी देशमा सांसदहरू संसद अधिवेशनको समयमा मात्र राजधानीमा बस्ने गर्छन् । संसदको बैठक चल्दासम्म सक्रिय हुन्छन् । अरू समयमा आफ्नै क्षेत्र र जिल्लामा पुगेर जनताकै बीचमा सक्रिय हुन्छन् । जनताका समस्या समाधानमा तल्लीन हुन्छन् । सांसदहरू आफ्नै पेशा व्यवसायमा संलग्न हुन्छन् । शिक्षक शिक्षण गर्छ, किसान किसानी गरेर बस्छ, मजदुर मजदुरी गरेर जीविकोपार्जन गर्छन् । सांसदहरूका यस्तो जीवनले जनतासँग अझै नजिक सम्बन्ध स्थापित हुन्छ । जनताको समस्याबारे गहिरो गरी बुभ्mछन् । जनताका समस्या समाधानको लागि आफै अग्रसर हुन्छन् । त्यहाँ सांसद बन्नु भनेको मन्त्री बन्ने लाइनमा बस्नु, पैसा कमाउनु, विदेश घुम्नु, राज्यकोष खर्चेर रमाउनु हुने गर्दैन । केही समयअघि छिमेकी देश चीनका जनप्रतिनिधि र मन्त्रीहरूबीच केही सुविधाभोगी प्रवृत्तिको विकास भएको थियो । जनताबाट तिनको तीव्र आलोचना भयो । चिनियाँ कम्युनिष्ट पार्टीले तत्कालै त्यस्ता गलत अभ्यासमा नियन्त्रण ग¥यो । कम्युनिष्ट पार्टीले निर्देशिका नै जारी गरी जनतालाई चित्त नबुझेको विकृति न्यूनीकरणको लागि पाइला चाल्यो ।
तर नेपालका सांसदहरूले केही हजारको लोभमा आफ्नो इज्जत पनि नालीमा फाल्नु लज्जास्पद विषय हो । जनताको सेवा गर्नेभन्दा पैसाकै लागि राजनीतिक गरेका पुँजीवादी दलका ती सांसदहरू संसद बैठक भए पनि नभए पनि काठमाडांै उपत्यकाभित्र बस्ने गर्छन् । चुनावका केही महिना निर्वाचन घुमेर जनतालाई आश्वासका पोका बाँडेर, पैसाको खोला बगाएर, सामान बाँडेर, भोजभत्तेर गरेर चुनाव जित्छन् । तर चुनाव जितेपछि उनीहरू सुविधासम्पन्न राजधानीकै आलिसान घरमा बस्छन् । काठमाडांैमा घर भएर पनि राज्यकोषबाट घरभाँडामा ¥याल चुहाइरहेका हुन्छन् । उनीहरूलाई जनताका समस्या के हो थाहा नै हुने गर्दैन । पत्रपत्रिका पढेर जनता समस्याबारे जानकारी पाउने गर्छन् । तिनका वरपर बस्ने कार्यकर्ता पनि राजधानीभित्रै बस्ने गर्छन् । नेतालाई आफ्ना अघि पछि हिँड्ने कार्यकर्ता पाल्न ठिक्क हुने गर्छ ।
पुँजीवाद र समाजवादी व्यवस्थाबीच के भिन्नता हुन्छ भन्ने कुरा यो साधारण उदाहरणबाट प्रष्ट हुने गर्दछ । समाजवादी व्यवस्थामा जनताले सुखी हुनुको कारण इमानदार र नैतिकवान नेतृत्व हो । तर नेपालका शासक दलका नेता र कार्यकर्तासँग पुँजीवादी मनोविज्ञानका कारण आज इज्जत र नैतिकता गहतको झोलमा फालेका छन् । काठमाडौंमा घर भएर पनि घरभाडा लिने सांसदहरू इज्जतलाई गहतमा फाल्ने पुँजीवादी व्यवस्थाले जन्माएका विकृत राजनीतिका किरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *