नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
–प्रज्ज्वल
काठमाडौँ, ९ पुस । रूपान्तरित व्यवस्थापिका–संसद्मा तत्कालीन एमालेका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले २०७४ भदौ ६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरे – ‘‘अन्तर्राष्ट्रिय कानुनविपरीत र नेपालको समेत सहमति नलिएर एकलौटी ढङ्गले सिमानामा बाँध बाँधिएको छ । यसको समाधानको प्रस्ताव के छ ? नेपाली जनता सुन्न चाहन्छन् तर सरकार बोलिरहेको छैन ।’’ त्यतिबेला प्रम देउवा भारत भ्रमणको तयारीमा थिए ।
ओलीले थपे –‘‘बाँधहरूको सम्बन्धमा सरकारले गम्भीरतापूर्वक भारतसँग कुरा गर्नुपर्छ । नेपालको अहित हुने गरी एकतर्फीरूपमा बनेका बाँधहरू हटाउने कि नहटाउने कुरा गर्नुपर्छ र हटाउनुपर्छ ।’’ असमान सन्धि–सम्झौता पुनरावलोकनको लागि पहल गर्न र कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमको हत्या भएको घट्ना कोट्याउँदै सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षा बलबाट हुने ज्यादतीबारे उठाउन पनि सुझाए ।
माओवादीको समर्थनमा फाुगन ३, २०७५ देखि दोस्रोपटक प्रधानमन्त्री पदमा एमालेका अध्यक्ष ओली छन् । यस पटक प्रधानमन्त्री हुनुअघि एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रूपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौँ निम्ता गरी सोल्टी होटलमा भेटी भारतीय शासक वर्गको आशीर्वाद लिए । यसकारण तत्कालीन संसद्का प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा ओलीले तत्कालीन प्रम देउवालाई सुझाएको विषय देखावटी पुस्टि भइरहेको छ किनभने आफू प्रम भएयता ओलीले भारतसँग अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले बनाएका बाँध भत्काउनुपर्ने र गोविन्द गौतमको हत्यामा भारतीय सीमा सुरक्षा बलको ज्यादतीबारे एक शब्द बोलेका छैनन् । माओवादी र एमाले मिलेर ‘नेकपा’ बन्नेपछि ओली झन् बलियो अर्थात् देशभक्त हुनुपर्ने हो तर प्रबुद्ध समूहको प्रतिवेदनमा बाँध भत्काउनुपर्ने, असमान सन्धि खारेज गर्ने र गोविन्द गौतमको हत्यामा भारतीय सीमा सुरक्षा बलको ज्यादतिबारे उल्लेख गराई प्रतिवेदन सार्वजनिक गर्ने साहस गर्न सकेनन् ।
नेपालका ‘प्रगतिशील’ बुद्धिजीवीहरूमा पनि एमाले र माओवादी अर्थात् ‘नेकपा’ बारे भ्रम छ । ‘प्रगतिशील बुद्धिजीवी’ डा. सुरेन्द्र केसीले आम सञ्चारमा भने ‘‘ओलीजस्ता राष्ट्रवादी नेता नेपालमा छैनन् ।’’ त्यसबेला ओली पहिलोपटक प्रधानमन्त्री पदमा थिए । डा. केसीलाई राजनीतिक कार्यकर्ताले सम्झाएका थिए – ‘‘ओलीकै अगुवाइमा महाकाली नदी भारतलाई दिने काम भयो, भारतको नाकाबन्दीकै बेला प्रम ओली भारत भ्रमणमा गए, भारतको दबाबमा ओलीले जनसङ्ख्यालाई प्रमुख आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संशोधन गरे । यसकारण ओली देशघाती हुन् ।’’
दक्षिण कोरियाको इसाई धर्म प्रचार गर्ने अमेरिकी गुप्तचर संस्थाको बजेटमा काठमाडौँमा ‘एसिया प्रशान्त सम्मेलन’ मा प्रधानमन्त्री ओली प्रमुख अतिथि भए र एक लाख डलरको ‘दक्षिणा’ बुझे । तर, ‘नेकपा’ कै अर्का नेता प्रचण्ड दाँत दुःखेको बहाना बनाई सम्मेलनमा सहभागी भएनन् । यसबारे एक पत्रकारले सोधेको प्रश्नमा डा. केसीले जवाफ दिए – ‘‘रोहितले पनि संसद्मा मतदान छल्न सडक जामको बहाना गरेका थिए ।’’ देशको सन्तुलित विकास नगरिएको हुँदा बहुदलीय व्यवस्था पुनःस्थापनापछि काठमाडौँ उपत्यकामा सडक जाम बढेको हो । यो यथार्थलाई बङ्ग्याएर डा. केसीले नेपाल मजदुर किसान पार्टीप्रति पूर्वाग्रही भए ।
एक अर्को ‘प्रगतिशील’ साहित्यकार खगेन्द्र संग्रौलाले प्रचण्डको माओवादी ओलीको एमालेमा विलय भएकोबारे कारण बताए – ‘‘त्यसरी विलय नभए प्रचण्डको अवस्था मसाल, नेमकिपा र मालेको जस्तो हुने थियो ।’’ संग्रौला कहिले एमाले र कहिले माओवादीको समर्थनमा कलम चलाउँथे भने कहिले दुवैको समर्थन र विरोधमा । समर्थन र विरोध गरिहाल्ने दोहोरो भूमिकाका हुन् उनी । उनले पुँजीवादी सरकारको भागबण्डामा नलागेको र संसद्को क्रान्तिकारी उपयोग गर्ने नेमकिपालाई चिन्न सकेनन् । ‘प्रगतिशील’ साहित्यकार भए पुँजीवादी सरकारको मन्त्री खाएर पञ्चायतले जस्तै शासन गर्ने पार्टीलाई उनले नेमकिपाको श्रेणीमा राख्दैनथे ।
‘नेकपा’ लाई खण्डन गर्ने कतिपय कर्मचारी, प्राध्यापक, शिक्षक, उद्योगी–व्यापारीले नै नेकपालाई निर्वाचनमा मत दिएर यो स्थानमा पु¥याएका होइनन् र ? मुखले एउटा र फाइदा पाएपछि अर्को काम गर्नेहरूकै कारण ‘नेकपा’ को सरकार बनेको होइन र ?
Leave a Reply