नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वासिङ्टन, १० पुस (एएफपी) । इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस मनाउन अमेरिकी सांसदहरू घरतर्फ लागेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरू बिदामा गएका हुन् ।
अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिनदेखि बन्द रहेका छन् ।
बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष विहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित भएको हो ।
सोमबार तेस्रो दिन पनि कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द भएको अधिकारीहरूले जनाएका छन् ।
सङ्घीय सरकारअन्तर्गतका झण्डै चार लाख कर्मचारीहरू यसबाट मर्कामा परेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि छुट्याइनु पर्नेमा जोड दिएपछि समस्या भएको हो ।
ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनीरुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने बाचा गर्नुभएको थियो । तर, त्यो काम अहिलेसम्म सुरु हुन सकेको छैन ।
ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोज्नुभएको हो । ट्रम्पले पर्खालका लागि रु. पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनुपर्ने बताउँदै आउनुभएको छ । तर, यसमा सिनेट तथा हाउसका सदस्य खुसी भएका छैनन् ।
नयाँ सहमति नभएसम्म अमेरिका सरकारका एकचौथाइ सङ्घीय कार्यालयको दैनिक कार्यसञ्चालनका लागि चाहिने रकम अभाव भएको छ ।
यसका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको काम बन्द भएको छ ।
खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जङ्गलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिनेछन् ।
सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रुपमा काम रोकिएको घटना यो पहिलो भने होइन ।
यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रोपटक हो ।
Leave a Reply