बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
माओ त्से तुङ उहाँको बुद्धिमत्ता र जटिलभन्दा जटिल राजनीतिक विचारलाई पनि जनताको भाषामा ज्यादै आकर्षक तरिकाले प्रस्तुत गर्नसक्ने क्षमताका कारण सबैको प्रिय हुनुहुन्थ्यो । म आजभोलि चीनमा यस्तोखाले प्रतिभा पुरै हराएको महसुस गर्छु । तर, हेर्नोस्, माओ फिडेल क्यास्ट्रो हुनुहुन्नथ्यो । माओका भाषण फिडेलका जस्ता हुन्नथे । आफ्नो भाषणले माओ सबै स्रोतालाई मन्त्रमुग्ध पार्न सक्नुहुन्नथ्यो । उहाँ बिस्तारै अड्की–अड्की भाषण गर्नुहुन्थ्यो । तर, विषयवस्तुको विश्लेषण गर्ने उहाँको तरिका भने गज्जबको हुन्थ्यो । आफ्नो भाषणलाई उहाँ सकेसम्म सरल बनाउने प्रयास गर्नुहुन्थ्यो । जनबोलीमा आफ्ना विचार राख्नुहुन्थ्यो । आजभोलि जस्तै दिमाग नै लाटो हुने तरिकाले भाषण गर्नुहुन्नथ्यो ।
उहाँ कसैसँग कुराकानी गर्दा आरामले अडेस लाग्नुहुन्थ्यो । निकै सहजतापूर्वक अनौपचारिकरूपमै कुराकानी अघि बढाउनुहुन्थ्यो । हाँसो ठट्टा चलिरहन्थ्यो । आफूसँग कुराकानी गर्ने व्यक्तिलाई पनि हँसाउनुहुन्थ्यो र आफैँ पनि हाँस्नुहुन्थ्यो । उहाँसँग भेट्दा मलाई कुनै दुर्गम ठाउँको तपस्वीसँग भेटेजस्तो महसुस हुन्थ्यो जो महान् विश्लेषक र गज्जबको वक्ता पनि हुनुहुन्थ्यो । कुनै पीर मान्नुनपर्ने र कुनै कठिनाई महसुस नहुने ।
–संरा अमेरिकी सैनिक तथा लेखक सिड्नी रिट्टनवर्ग
Leave a Reply