भर्खरै :

“काठमाडाँै उपत्यकाका भूकम्प पीडितमाथि भइरहेको पक्षपात रोक्नुपर्छ”

काठमाडौँ, १३ पुस । अजय सुमार्गीको कम्पनीको नाममा जम्मा भएको स्रोत नखुलेको करोडौँ रुपैयाँबारे सत्यतथ्य अर्थमन्त्रीमार्फत संसदलाई जानकारी गराउनु आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विशेष समयमा शुक्रबार उक्त भनाइ राख्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियामा ज्वालामुखी विस्फोटबाट उठेको सुनामी पीडित जनतालाई पठाउनुभएको समवेदना सन्देश बधाई सन्देश हुन गई दुई देशको कूटनीतिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न गएको हुँदा यसबारे प्रधानमन्त्री केपी ओलीमार्फत संसदमा स्पष्ट गराउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा पेश गर्नुभएको सड्ढटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय भण्डार नियन्त्रण विधेयक, २०७५ माथि विचार राख्दै सांसद सुवालले आजसम्मका सरकारले हरियो वनलाई तस्करको धन बनाउँदै विनाश गरेको, भूकम्प पीडितलाई घर बनाउन काठ नहुने गरी सालको काठ भारततर्फ तस्कर भइरहेको पनि नरोकेको उल्लेख गर्नुभयो ।
भारतसँग खुला सीमा र जङ्गल जोडिएको कारण नेपालको वन्य जन्तु सीमापारि गइरहेको काम सरकारले नरोकेकोमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुवालले
कुन सरकारको कुन–कुन मन्त्रीको पालामा वन्यजन्तु र वनस्पति विनाश भयो छानबिन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक पुस १७ गते मङ्गलबार दिउँसो १२ बजेसम्म स्थगित गरियो ।
राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन संशोधन विधेयकबारे सुझाव पेश गर्दै वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नागरिकता माग गरेपछि पाउने भएको र भारतसँग खुला सीमा भएको देशमा जन्मको आधारमा नागरिकता वितरण गर्ने टोली पठाएको गलत भएको बताउनुभयो ।
उहाँले भारतीय नागरिक रवि रौनियार, अन्टुनकुमार दास र रामजीत रञ्जकले नेपाली नागरिकता पाएको प्रतिनिधि उदाहरण पेश गर्दै खुला सीमा नियमित नगरिएसम्म नेपालको नागरिकता समस्या समाधान नहुने बताउनुभयो ।अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नागरिकता सरजमिन गराएर दिन नहुने र नेपालीसँग विवाह गरेका विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेको प्रमाण पेश नगरेसम्म नेपाली कृत्रिम नागरिकता दिन नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *