भर्खरै :

युवा भेला सम्पन्न

भक्तपुर, १३ पुुस । नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा ७ वडा एकाइ समितिको आयोजनामा सङ्घको ११ औं जिल्ला सम्मेलन प्रचारार्थ युवा भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपाले स्थापनाकालदेखि किसान मजदुरको हितमा काम गर्दै आइरहेको बताउँदै नक्कली कम्युनिष्टहरूले सक्कली कम्युनिष्टलाई विस्थापित गर्न खोजेको चर्चा गर्नुभयो ।
नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले पँुजीवादी बन्दोबस्तले व्यापक जनताको हित नगर्ने बताउँदै नाफा कमाउने उद्देश्य पनि शोषण वा अपराध नै भएको बताउनुभयो । समाजवादलाई देशको माटो सुहाउँदो लागू गर्ने कार्यले गर्दा चीन विश्व अर्थतन्त्रमा सबभन्दा अगाडि आउन सफल रहेको धारणा राख्दै उहाँले युवाहरूले पुँजीवादी संस्कार छोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
स्थानीय कृष्णगोविन्द लाखाले युवाहरूले कानुनबारे बुझ्नुपर्ने र राजनीतिकरुपमा सचेत र सङ्गठित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा भनपा ७ वडा एकाइ समिति अध्यक्ष बलराम गोसाईले शोसित पीडित वर्गलाई शासक वर्गमा उठाउन नेमकिपाले सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
नेक्रायुसङ्घ ११ औं भक्तपुर जिल्ला सम्मेलन तयारी समिति सचिव एच.एस. सुवालले किसान मजदुरहरूलई विस्थापित गर्न खोज्ने हरेक वर्ग शत्रुका विरुद्ध युवाहरूले सङ्घर्ष गर्नुपर्ने आवश्यकताबारे बताउँदै सम्मेलन भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध लक्षित भएको चर्चा गर्नुभयो ।
नेक्रायुसङ्घ भनपा ७ वडा एकाइ अध्यक्ष सुनिल ग्वाछाको सभापतित्वमा सम्पन्न उक्त भेलामा सङ्घका भनस सचिव श्याम बासुकला, आयोजक समिति सदस्य श्रीराम ध्वजूलगायतले युवा भूमिकाबारे बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *