यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १३ पुस । भक्तपुरको एउटा स्कुलका विद्यार्थीले आ–आफनो जन्मदिनको दिन सङ्कलित सहयोग रकमबाट दुर्गम स्कुललाई पुस्तरक सहयोग गरेका छन् । भक्तपुरको मिवाछेंस्थित एभरेष्ट इङ्गलिश स्कुलका विद्यार्थीले जन्मदिनमा चकलेटलगायतका किनेर साथीहरूलाई नबाँडी रकम कोषमा राखेर सङ्कलित रकमबाट बिहीबार दुई वटा स्कुललाई पुस्तक सहयोगस्वरुप हस्तान्तरण गरेका छन् ।
एक कार्यक्रमको आयोजना गरी सो विद्यालयले बझाङको दुर्गम केदारस्युँ ९ स्थित भैरव मावि र गोरखाको घलाग ३ स्थित राष्ट्रिय माविलाई पुस्तक सहयोग गरेको हो । राष्ट्रिय गीतका लेखक व्याकुल माइलाले स्कुलका प्रतिनिधिहरूलाई किताब हस्तान्तरण गरेका हुन् । बझागको भैरव माविका प्रतिनिधि रेणु उपाध्याय र अशोक विष्ट र गोरखाको राष्ट्रिय माविका प्रधानाध्यापक रामबहादुर थापा र व्यवस्थापन समितिका अध्यक्ष मदन बस्नेतलाई संयुक्त रुपमा पुस्तक र स्टेशनरी सामानहरू हस्तान्तरण गरिएको हो ।
दुवै स्कुललाई एक हजार पाँच सय ५६ थान किताब किनेर हस्तान्तरण गरिएको हो । बझाङको केदारस्युँ ९ स्थित भैरव माविलाई एक लाख २८ हजार नौ सय ६२ रुपैयाँ बराबरको पुस्तकसहित स्टेशनरी ३३ हजार नौ सय ७० रुपैयाँ बराबरको हस्तान्तरण गरिएको हो । गोरखाको घलाग ३ स्थित राष्ट्रिय माविलाई एक लाख २७ हजार सात सय ६३ रुपैयाँबराबरको पुस्तक र स्टेशनरी सात हजार आठ सय ८५ रुपैयाँ बराबरको हस्तान्तरण गरिएको हो ।
Leave a Reply