यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– सुविज्ञा थापा
आधुनिक सञ्चार माध्यमहरूको उपयोगले जनजीवन सूचना र मनोरञ्जनपूर्ण भएको छ । आज हामीसित विभिन्न खालका सञ्चारमाध्यम छन् । जस्तो कि टेलिभिजन च्यानल, रेडियो, दैनिक अखवार, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिका, युट्युब, अनलाइन समाचार पोर्टलहरू, वेभसाइटहरू आदि । फेसबुक, भाइवर, ट्वीटर आदि सामाजिक सञ्जाल पनि हाम्रा लागि उपलब्ध छन् । यी अत्याधुनिक सञ्चार माध्यमलाई पनि व्यापारको माध्यम बनाइएकोले नाफाको लागि दुष्प्रभावपूर्ण सामग्री पनि उत्तिक्कै प्रचारप्रसार गरिरहेको पाइन्छ । व्यापारिक टेलिभिजन च्यानलहरूले बढी भन्दा बढी टीआरपी पाउने (दर्शक बढाउने) लोभले अनेकखाले अन्धविश्वास फैलाउने र परिवारका सदस्यरू बीचमै अविश्वास र शड्ढा बढाउनेखाले सिरियल र अन्य प्रचार सामग्री प्रस्तुत गरेको पाउँछौँ ।
सञ्चार माध्यमका दुष्प्रभावका रूपमा केटाकेटीहरूले विज्ञापनमा देखाइएजस्तै चिजबिज तुरून्तै माग गर्ने गरेको देख्छौँ । कतिपय टेलिसिरियल अत्यधिक हेर्ने महिलाहरू सिरियल घटनाक्रमसँगै दुःखी हुने र खुसी हुने गरेको, सिरियलको कलाकारले जस्तो डिजाइनका लुगा–कपडा लगाउँछन् उस्तै उस्तै डिजाइनका कपडा लगाउने र घरमा झगडा गर्ने गरेको समेत पाउँछौ । किशोर किशोरीहरू कम समयमै प्रेम गर्ने, शारीरिक सम्बन्ध कायम गर्ने र भागेर विवाह गर्ने गरेको पनि हाम्रो समाजमा पाइन्छ । सञ्चार माध्यमबाट सकारात्मक र सही ज्ञान प्राप्त गरेमा मात्र त्यसको सफल उपयोग हुन्छ । सञ्चार माध्यमका दुष्प्रभावबाट बच्न नसके व्यक्ति र परिवारमात्र होइन, समाजै खोक्रो हुनसक्नेछ ।
Leave a Reply