के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
बनेपा १४ पुस । सक्षम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको २३ औं वार्षिक साधारण सभा जापानका लागि पूर्व नेपाली राजदूत विष्णुहरी नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
विशेष अतिथि सहकारीविज्ञ कैलाशभक्त प्रधानाङ्गले सहकारीको महत्वबारे प्रकाश पार्नुभयो । सभामा राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व निर्देशक शिवप्रसाद घिमिरेलाई यस वर्षको कैलाशभक्त प्रधानाङ्ग सहकारी पुरस्कार प्रदान गरिएको थियो । वार्षिक प्रगति प्रतिवेदन मनोज थापा, आर्थिक प्रतिवेदन सरोजकाजी श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन ओमप्रसाद मानन्धरले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा सम्मानित व्यक्तित्व शिवप्रसाद घिमिरे, भोमी बहुउद्देश्यीय सहकारी संस्थाका सत्यनारायण भालु, संस्थापक मणिराज श्रेष्ठ, नारी सेवा साकोसका अध्यक्ष सहना पसखललगायतले सहकारीताका विविध विषयमा आ–आप्mना धारणा राख्नुभएको थियो । लेखा संयोजक भवानी जोशीले सञ्चालन गर्नुभएको सभामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
Leave a Reply