यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
मस्को, ३० डिसेम्बर । संरा अमेरिकाले युरोपमा मध्यमदुरीको आणविक शक्ति सन्धिले निषेध गरेका मिसाइल तैनाथ गरे रुसले प्रतिकार गर्ने घोषणा गरेको छ । आइतबार रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले त्यस्तो घोषणा गरेका छन् ।
“विश्व राजनीतिमा केही प्रभावशाली स्थानको लागि एक प्रकारको प्रतिस्पर्धाको रुपमा हेर्नेहरूबाट रुस लगातार दबाबमा छ । संरा अमेरिकी गतिविधिमा हामी त्यसको उदाहरण देख्नसक्छौं ।” रुसको रोस्या– वन टीभी च्यानलमा दिएको अन्तर्वार्तामा लाभ्रोभले भने ।
मध्यमदूरी आणविक शक्ति सन्धि कायम राख्न रुसले अघि सारेको प्रस्तावको विरोधमा संरा अमेरिकाले विपक्षमा मतदान गरेको उदाहरण उद्र्धत गर्दै उनले संरा अमेरिकाले आफ्नो हितभन्दा विपरीत जाने भएर पनि वाशिङ्टनको नीतिमै टाँसिएर बसेको उनले बताए ।
“सन्धिबाट एकपक्षीय रुपमा हात झिक्ने संरा अमेरिकी निर्णयप्रति सबभन्दा बढी चासो युरोपमै हामी सुन्दैछौं । तर, युरोपेली सङ्घले भने हामीले अघि सारेको प्रस्तावको विपक्षमा मतदान गरेको छ ।” रुसी विदेशमन्त्रीले भने ।
गएको डिसेम्बर २१ मा मध्यमदूरी आणविक शक्ति सन्धिलाई कायम राख्नुपर्ने भनी रुसले संयुक्त राष्ट्र सङ्घमा राखेको प्रस्ताव विफल भएको थियो । रुसले त्यसप्रति असन्तोष व्यक्त गरेको छ ।
लाभ्रोभले सो प्रस्तावबारे युरोपेली सङ्घसम्बद्ध देशका निर्णयलाई ‘गलत तरिकाले बुझिएको ऐक्यबद्धता’ को रुपमा लिनुपर्ने बताएका छन् । युरोपेली देशले एकातिर उक्त सन्धि कायम राख्नुपर्नेमा विरोध जनाएको छ तर अर्कोतिर सो सन्धिले निषेध गरेका संरा अमेरिकी आणविक अस्त्र युरोपमा राख्नेलाई समर्थन गरिरहेको लाभ्रोभको भनाई छ । “अर्को कदम भने रुसी महासङ्घले चाल्नुपर्ने भएको छ । यो हाम्रो रहर होइन । तर, सम्भवतः युरोपेली पुँजीले युरोपमाथिको खतरालाई बुझ्न सकिरहेको छैन ।” उनले भने ।
मध्यम तथा छोटो दूरीका आणविक मिसाइल पूर्ण रुपमा उन्मूलन गर्न सन् १९८७ मा तत्कालीन सोभियत सङ्घ र संरा अमेरिकाबीच मध्यमदूरी आणविक शक्ति सन्धि भएको थियो । वाशिङ्टन र मस्कोबीच त्यत्तिबेला चलेको अस्त्र प्रतिस्पर्धा रोक्न भएको त्यो नै पहिलो सन्धि थियो ।
गत अक्टोबरमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सन्धिबाट वाशिङ्टनले हात झिक्ने घोषणा गरेका थिए । त्यसो गर्नु दुई देशबीच भएको सन्धिको उल्लङ्घन हो । मस्कोले वाशिङ्टनको यस्तो कदमको विरोध गर्दै आएको छ ।
Leave a Reply