तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुुर, १८ पुस । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनुराधा थापामगरले बुधबार उकाली ओराली कृषि सहकारी संस्था लि. को दोस्रो साधारणसभा एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य थापामगरले अनुदानको मल बेच्नुभन्दा स्वदेशमै मल कारखाना खोल्न कृषि सहकारीहरूले दबाब सिर्जना गर्नुपर्ने र वर्णशङ्कर
(हाइब्रीड) जातको बीउ सँगसँगै स्थानीय जातको बीउको पनि संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले क्युवामा फिडेल क्यास्ट्रोले क्रान्तिपछि प्राङ्गारिक मलको प्रयोगमा जोड दिई कृषिमा सुधार ल्याएर किसानहरूको जीवनस्तर उठाएको चर्चा गर्नुभयो । उहाँले १४ सिङ्गापुर बराबरको भूमि मिचेर नेपालको नक्सा छापिंदा पनि दुईतिहाइको दम्भ बोकेको नेकपाको सरकार चुइँक्क नबोलेको बताउनुभयो । सरकारले कृषिलाई प्राथमिकतामा नराखेकै कारण वर्षभरिकै बजेटभन्दा बढी व्यापार घाटा भएको उहाँले बताउनुभयो ।
सभामा कोपिला साकोसका अध्यक्ष चन्द्रबहादुर बाडेले शुभकामना मन्तव्य दिनुभएको थियो । संस्थाका उपाध्यक्ष तुल्सीनानी बाडेले आ.व. २०७४÷७५ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रमेश वैद्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष आकाश बाडेले कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्ने लक्ष्यसहित संस्था अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply