भर्खरै :

लेखक जसले ‘थुसिडाइड्स पासो’ माथि प्रकाश पारे

चाङ रुइनान् (Zhang Ruinan)
(थुसिडाइड्रस एक पुरातन ग्रीक इतिहासविद् हुन् । उनी पेलोपोनेसियन(Peloponnesian) युद्धको इतिहासका लेखक पनि हुन् । ५ औं शताब्दीमा ऐथेन्स र स्पार्टाबीच भएको सङ्घर्षको बयान उनले गरेका छन् । उनको त्यो बयान राष्ट्रहरूबीचको युद्ध रणनीतिबारे राजनीतिक र ऐतिहासिक विश्लेषणको पहिलो सङ्ग्रहित दस्तावेज पनि भनिन्छ । एथेन्सद्वारा नेतृत्व गरिएको डेलियन लिग (Delian League) र स्पार्टाद्वारा नेतृत्व गरिएको पेलोपोनेसियन लिग (Peloponnesian League) बीचको उक्त लडाईंलाई उनले विभिन्न चरणमा विभाजन गरी व्याख्या गरेका छन् । थुसिडाइड्सले लेखेका छन् – “ऐथेन्सबासी एउटा शक्तिको रुपमा उठेर अघि बढेकै कारण स्पार्टा डरायो र त्यही कारणले दुई पक्षबीच युद्ध अनिवार्य रुपमा घट्यो ।” यही अभिव्यक्तिलाई अमेरिकी लेखक ग्राहम आलिसनले थुसिडाइड्स पासोको रुपमा व्याख्या गरेका छन् । उनको व्याख्यामा उदीयमान शक्तिको उदयबाट पहिलेदेखि स्थापित शक्ति डराउँछ र स्थापित शक्तिले उदीयमान शक्तिमाथि त्यही डरको कारण युद्ध थोपर्छ । अर्थात् जब एउटा शक्तिले अर्को शक्तिलाई विस्थापन गर्ने खतरा हुन्छ तब युद्ध अनिवार्य रुपमा पैदा हुन्छ । यो अवस्थालाई नै अलिसनले थुसिडाइड्स पासोको रुपमा व्याख्या गरेका हुन् । उनले संरा अमेरिका र चीनबीचको व्यापार युद्धलाई यही आँखाबाट हेरेका छन् । तर, केही चिनीयाँ विज्ञहरूले चीन–अमेरिका व्यापार युद्धलाई थुसिडाइड्स पासोसँग जोड्न नमिल्ने भनी टिप्पणी पनि गरेका छन् ।– सं) 
सुधार र खुलापनको चार दसकले चीनमा के परिवर्तन ल्यायो यो चार दसकले त्यस्तो के अमित छाप छोड्यो ? यी प्रश्न सोधिएका थिए हावर्ड विश्वविद्यालयका प्राध्यापक तथा अमेरिकी लेखक ग्राहम अलिसनलाई । उनी एकै छिन प्रश्नमा घोट्लिए र आप्mनो कार्यालय झ्याल बाहिर देखाउँदै उनले भने– “जब मेरा विद्यार्थीहरूमाझ मेरो आप्mनो किताब ‘थुसिडाइड्स् ट्रयाप’ को विषयमा प्रस्तुति दिएँ, मैले यो मेरो कार्यालयको झ्यालबाट प्रस्ट देखिने हार्वडमा अवस्थित आन्डरसन पुल देखाएको थिएँ । त्यो पुललाई बेइजिङमा अवस्थित सान्यान पुलसँग तुलना गरेर बताएँ ।”
अलिसन ‘Destined for war: can America and China Escape Thucydide’s Trap’ का लेखक हुन् । अलिसन हावर्डको जोन अफ केनेडी स्कुल एफ गभर्मेन्टका डिन हुँदा ताका अन्डरसन पुलको निर्माण र पुनस्र्थापनाबारे छलफल चलेको थियो ।
उनले जोडे– “त्यही समयमा सन् १९८९ मा मैले डिनको पद त्यागँे । निर्माण परियोजना सन् २०१२ को सुरुतिरै थालियो, त्यो दुई वर्षको परियोजना थियो र सन् २०१४ सम्म पुग्दा उनीहरूले भने ‘सकिएको छैन’, सम्पन्न हुन अझ अर्को एक वर्ष लाग्ला । सन् २०१५ मा उनीहरूले फेरि भने– अझै सकिएको छैन अर्को एक वर्ष लाग्न सक्छ । सन् २०१६ मा आइपुग्दा उनीहरूले भने कहिले सम्पन्न हुन्छ हामी तपाईंहरूलाई यत्तिकै भन्न सक्दैनौं ।”
तर, बेइजिङमा अवस्थित सान्यान पुल जुन आन्डरसन पुलभन्दा दुईगुणा फराकिलो ट्राफिक लेनको छ, त्यो सन् २०१५ मा चिनियाँहरूले पुर्नस्थापना गर्ने निर्णय गरे । चिनियाँहरूलाई त्यो पुल निर्माण गर्न कति समय लाग्ला भन्ने प्रश्न उठ्यो । चिनियाँहरूले सो पुल ४३ घण्टामा पुनस्र्थापित गरे । सान्यान पुलभन्दा दुई गुणा सानो आन्डरसन पुलको लागि ४ वर्षभन्दा बढी लाग्यो ।
यो एउटा दृश्यले चीन आधुनिक निर्माण प्रविधिमा कति चाँडै नेतृत्वदायी देशको रुपमा विकास भयो भन्ने एउटा महत्वपूर्ण दृष्टान्त प्रस्तुत गर्दछ, सोच्दा पनि नाटकीय लाग्ने तर यही नै वास्तविकता हो । यो उदाहरण स्वयम् अमेरिकाका लागि अत्यन्त महत्वको पाठ बनेको छ ।
पुल र पूर्वाधार निर्माण त एउटा पक्षमात्र हो, एउटा उदाहरणमात्रै हो । चीनले ४० वर्षमा गरेको उपलब्धिहरू अकथनीय छन्, भनेर साध्यै छैन ।
यो वर्ष चीनको ‘सुधार र खुलापन’ को ४० वर्ष पुगेको वर्ष हो । यो नीतिको जन्मदिवस भन्दा पनि हुन्छ । सन् १९७८ डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय समितिको बैठकबाट यो योजना अघि बढाइएको हो ।
आजको चीनको आर्थिक रुपान्तरण एवम् परिवर्तनलाई चीनले ‘दोस्रो क्रान्ति’ को एउटा महत्वपूर्ण पाटोको रुपमा व्याख्या गर्छ ।
विगतदेखि आजसम्म अर्थात् ४० वर्षको यात्रामा चीन एउटा विशाल आर्थिक शक्तिको रुपमा संसारमै उदाएको सत्य कसैले नकार्न सक्दैन । ३२ खरब अमेरिकी डलर वैदेशिक सञ्चय अर्थात् आरक्षणसहित विश्वकै नम्बर १ वैदेशिक आरक्षण भएको देशको रुपमा स्थापित हुन सफल छ । विश्वको दोस्रो ठूलो कूलगार्हस्थ उत्पादन हुने देश (१२० खरब) को रुपमा स्थापित चीनको प्रत्यक्ष वैदेशिक लगानी गत वर्षमात्र १ खरब ३५ अरब पुगेको तथ्याङ्क छ ।
ब्लुमवर्ग (Bloomberg) का अनुसार सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको भाग १.८ थियो । सन् २०१७ सम्म आइपुग्दा बढेर १५ प्रतिशत पुगेको आँकडा छ । यसो हेर्दा यो तथ्याङ्कको उपलब्धि चीनको सिलसिलेवार र श्रृङ्खलाबद्ध विकास, सन्तुलित र व्यवस्थित विकास परियोजनाकै फल हो भन्नुपर्छ ।
अलिसन भन्छन्– “सन् १९८० मा म पहिलोचोटि चीन पुगेको थिएँ । त्यतिबेलाको साङ्घाइ आजको भन्दा अत्यन्त फरक थियो । सबैजसो चिनियाँहरू एउटै पोसाकमै देखिन्थे, सबैजना जीवन निर्वाहका लागि अत्यन्त कठिन सङ्घर्ष गरिरहेका देखिन्थे । एक हिसाबले जीवनसँगै सङ्घर्ष गरिरहेका साङ्घाइबासीहरू भेट्थें, अहिले साङ्घाइमा भएका ठूल्ठूला भवनहरू थिएनन्, अत्यन्त दरिद्र सहर, अत्यन्त गरीब मुलुक थियो चीन । यो आधुनिकता केही पनि थिएन ।”
हार्वड केनेडी स्कुलमा पढ्ने एकजना चिनियाँ विद्यार्थीको आमन्त्रणमा म पुनः हालसालै चीन पुगेँ । हाल हावर्डमा मात्र १००० चिनियाँ विद्यार्थीहरू अध्ययन गर्दछन् ।
“अहिले बेइजिङ, साङ्घाइलगायत सयौं सहरहरू आश्चर्यजनक ढङ्गबाट आधुनिक महानगरमा रुपान्तरित भइसकेको पाएँ । पूर्वाधार, विमानस्थल, उपमार्ग, आकासे पुलहरू, कार सबै सबै आधुनिक र नवीन देखें । आधुनिकीकरणको अनुपम नमुना अर्थात् मोडल संसारलाई चीनले देखाएको अनुभूति गरें”– अलिसनले थपे ।
“यदि तपार्इं मानिसहरूको मस्तिष्क र हृदयको खुलापनको कुरा गर्नुहुन्छ भने पनि अत्यन्त उल्लेखनीय उपलब्धि हासिल गरेको अनुभव गर्नुहुन्छ । चिनियाँ नयाँ पुस्ता संसारलाई सहृदयताकासाथ स्वागत गर्ने संस्कारबाट हुर्काइएको पाउनुहुन्छ ।”
सन् १९७८ सम्ममा अधिकांश चिनियाँहरू बाहिर विदेश यात्रा गर्दैनथे तर आज करिब १० देखि १५ प्रतिशत चिनियाँहरू वार्षिक रुपमा विदेश भ्रमण गर्छन् ।
यद्यपि गरिबीको पिरामिडलाई ठ्याकै उल्ट्याउने नै सुधार र खुलापनको अहम् उपलब्धिका रुपमा सन्देश प्रवाह हुन आवश्यक देखिन्छ । सन् १९६८ मा करिब ९० प्रतिशत चिनियाँ जनता विश्व बैङ्कले परिभाषित गरेको चरम गरिबीको रेखामुनि बाँच्न बाध्य थिए । प्रतिव्यक्ति आय जम्मा २ डलरमात्रै थियो ।
४० वर्ष अभ्यास भएको सुधार र खुलापनसँगै गरिबीको उक्त पिरामिड उल्टिएको छ । पिँढमाथि टुप्पो तल हुने गरी उल्टिएको छ । अहिले जम्मा १ प्रतिशत चिनियाँ जनतामात्र चरम गरिबीको रेखामुुनि छन् ।
वास्तवमै भन्ने हो भने एउटा जीवनकालमा केही मानिसहरूको आप्mनो जीवनशैलीमा ५० गुणाले परिवर्तन भएको अनुभव गरेको हुनुपर्छ । सो वृद्धि अत्यन्त आश्चर्यजनक हुनुका साथै अपत्यारिलोसमेत छ । तर, वास्तविकता चिनियाँ जनताको भोगाइमा छ, अनुभवमा छ ।
चिनियाँ सरकारको तथ्याङ्कअनुसार ग्रामीण भेगमा बसोबास गर्ने २५ करोड जनसङ्ख्या सन् १९७८ सम्म चरम गरिबीको रेखामुनि थिए । गत वर्षको अन्तसम्ममा उक्त आँकडा ३ करोडमा झरेको तथ्याङ्कीय चित्र छ ।
सन् २००० मा संयुक्त राष्ट्रसङ्घले आठ सहस्राब्दी विकासका लक्ष्यहरू घोषणा ग¥यो । ती लक्ष्यहरूमध्ये शीर्ष लक्ष्य भनेको सन् २०१५ अगाडि नै चरम गरिबीको रेखामुनि बाँचिरहेका जनतालाई माथि उकास्ने अर्थात गरिबी निर्मूलीकरण गर्नु थियो । त्यसको ४ वर्ष पछाडि सन् २००४ मा विश्व बैङ्कले विश्लेषणसहितको मूल्याङ्कन घोषणा प्राप्तिको बाटोमा लान चीन एक्लैको मेहनतले बल प्रदान ग¥यो ।
सन् १९८१ र २००४ को बीचमा नै चीनले आधा अरब जनतालाई चरम गरिबीबाट माथि उठायो । सम्भवतः इतिहासकै सबैभन्दा उत्कृष्ट गरिबी निवारणको उदाहरण चीनले प्रदर्शन ग¥यो ।
गलत गणनाको जोखिम (Risk of miscalculation)
अलिसनलाई चीनको रेलमार्गको विकासले पनि प्रभावित बनाएको छ । उनले भने अमेरिकामा जम्मा एउटा उच्च गतिको रेल परियोजना अघि सारियो, जुन १० वर्ष भइसक्यो अझै निर्माणाधीन अवस्था नै छ । लस एन्जेल्स र सन्फ्रान्सिस्कोलाई जोड्न ८०४ किलोमिटर लामो उक्त रेलमार्ग सन् २०२९ सम्ममा सकिने प्रक्षेपण गरिएको छ ।
‘चीनमा भए उत्तिनै समयमा २५००० किलोमिटर लामो उच्च गतिमान रेलमार्ग निर्माण हुन्छ’–अलिसनले जोडे ।
अलिसनले आप्mनो पुस्तक ‘Destined for war’ मा चेक गणतन्त्रका राष्ट्रपति भाक्लाभ हाभेलको भनाइ उदृत गरेका छन्– “चीनले यति छिटो, यति बेगमा यो सबै सम्भव तुल्यायो कि हामीलाई आश्चर्यचकित हुन समेत समय मिलेन ।”
‘अधिकांश अमेरिकीका लागि नं १ हुनु भनेकै आप्mनो मुख्य पहिचान हो भन्ने लाग्छ, केही यो अवस्थाबाट पार भइसके धेरैले अझै आप्mनो शीर नं १ बाहेक वरपर पोको पार्न अत्यन्त कठिन महसुस गर्छन् ।’
‘शासक शक्तिका लागि आप्mनो स्थान र विशेषाधिकार सदैव पहिलो पङ्क्ति अर्थात् शीर्ष स्थानमै रहन चाहन्छन् । उदीयमान शक्तिले शासक शक्तिभन्दा माथि उठ्ने चेतावनी दिएको र उछिनेको रुचाउँदैनन्, निको मान्दैनन्’– यो एक खालको प्रवृत्तिका रुपमा हुर्कियो, आधारहीन प्रवृत्ति ।
ग्रीसमा सय वर्षसम्म स्पार्टा प्रमुख शक्तिको रुपमा उभियो । सय वर्षपछि २० औं शताब्दीको सुरुवातमा आइपुग्दा ब्रिटेनका लागि त्यो छालहरूको सामना गर्नु जत्तिकै भयो । कहिल्यै सुर्य नअस्ताउने साम्राज्य सम्हाल्नको निम्ति कठिन भयो । त्यसरी नै संरा अमेरिकालाई अमेरिकी शताब्दी पछाडि त्यस्तै भइरहेको देखिन्छ । यो गतिशीलतालाई ध्यान दिने हो भने वास्तविकताभन्दा पर धारणा अतिरञ्जित गलत धारणा बन्छ । यथार्थको जगमा नगरिएको गणना गलत गणना बन्छ ।
विश्व सर्वशक्तिमान देशको रुपमा चीन उदाउँदै गरेको कुरामा अमेरिकीहरू पनि सहमत छन् । चीनको कार्य र परिवर्तनको वेगले यो पुस्टि गर्दैछ । तर, अमेरिकालाई आपूm पहिलो हुनुपर्ने मानसिकता र प्रवृत्तिले गाँजेको छ । यथार्थको धरातलभन्दा गलत गणना र गलत धारणा निर्माणमा उद्यत देखिन्छ ।
अलिसनका अनुसार विश्वका दुई अत्यन्त ठूला अर्थतन्त्रको बीचमा भएको व्यापार युद्धले दुवै पक्षले क्षति बेहोर्नुपर्ने छ । तर, व्यापार युद्धबाट हुने आर्थिक क्षति प्रमुख चुनौती भने होइन । त्यसको परिणामले जन्माउने समस्या विकराल हुन सक्दछ ।
जब शासक शक्तिलाई उदीयमान देशले उछिन्ने र विस्थापन गर्ने खतरा प्रक्षेपण गरिन्छ तब त्यहाँ एउटा नयाँ परिस्थितिको जन्म हुन्छ । शासक शक्ति र उदीयमान शक्ति गरि दुवै पक्ष सामान्यतया तेस्रो पक्षका लागि कमजोर बन्छ । यदि यतिबेला थुसिडाइड्सले हेरिरहने भए, भन्ने थिए– दुवै देशहरू ‘विनाशकारी टक्कर’ (Catastrophic Collision) तर्फ अघि बढ्दैछन् ।
यस व्यापार युद्धलाई अलिसनले एउटा वाक्यांश प्रयोग गरेका छन् – “थुसिडाइसड्सको पासो” अमेरिकाले छेडेको व्यापार युद्धको प्रतिकारका लागि चीनले जस्तालाई तस्तैको नीति लियो । त्यो स्वाभाविक पनि थियो । व्यापार युद्धले अत्यन्त ठूलो खतरा निम्तिन सक्ने सम्भावना अलिसन व्यक्त गर्छन् ।
अलिसनद्वारा प्रयोग गरिएको वाक्यांश थुसिडाइड्सको पासोले वर्तमान चीन–अमेरिका व्यापार युद्ध, व्यापार असमझदारी र चीन–अमेरिकाको सम्बन्धलाई इङ्गित गर्दछ । अझ भनौं, शासक शक्ति र उदीयमान शक्तिबीचको सम्बन्धलाई इङ्गित गर्दछ ।
त्यो पासोबाट मुक्त हुन दुवै देशले त्यसको डरलाग्दो परिणामको हेक्का राख्नुपर्छ साथै परामर्श र वार्ता गरी नयाँ ढङ्गको शक्ति सम्बन्धको अभ्यास थाल्नुपर्दछ ।
अलिसन जोड दिन्छन्– “५०० वर्षको इतिहासमा शासक शक्तिले उदीयमान शक्तिलाई आप्mनो प्रधान स्थानको लागि चेतावनी अर्थात् अनेक ढङ्गबाट दबाउन खोजिएका घटनाहरू मुख्य रुपमा १६ वटा छन् । ती मध्ये १२ वटा घटना युद्धमा टुङ्गिएको इतिहास छ ।”
इतिहासको अध्ययनबाट के आङकलन गर्न सकिन्छ भने यो व्यापार सङ्घर्ष, असमझदारीहरूले अझ धेरै डरलाग्दो परिधिसम्म डो¥याउँछ । गतिशीलताको शिरबाट हेर्ने हो भने सामान्यत गलत धारणा बढाइचढाइ गरिन्छ, गलत गणना गुणन गरिन्छ र त्यो वृद्धि एवम् विस्तार हुने जोखिम रहन्छ ।
यदि इतिहासको अध्ययन गर्ने हो भने १९३० को समयमा जब जापान विश्व जगतमा आर्थिक रुपमा उदाइरहेको थियो । जापानको हकमा पनि अमेरिकाले त्यस्तै प्रतिद्वन्द्वी व्यवहार देखायो । जापान पनि त्यतिबेला विश्व व्यापार नियम अनुरुप खुलाद्वार नीति अर्थात प्रणालीमार्पmत अघि बढ्दै थियो । जापान शक्तिशाली भई उठेसँगै अमेरिकाले दबाउने हर प्रयत्न ग¥यो र भन्यो – “अहँ तिमी यसरी अघि बढ्न सक्दैनांै, तिमीले यो वृद्धि र विस्तार बन्द गर्नुपर्छ, रोक्नुपर्छ ।”
एकदमै सुरुआततिर संरा अमेरिकाले जापानमाथि आर्थिक भन्सार कर लाद्यो । जापानमा निर्यात गरिने उच्च कोटीको फलाम र विमान इन्धनमाथि अमेरिकाले नाकाबन्दी ग¥यो । सन् १९४० मा तेलमा नाकाबन्दी लगायो । जापानीहरूले संरा अमेरिकाको यस्तो निराधार ज्यादतिबाट आप्mनो घाँटी नै निमोठ्न खोजिएको अनुभव गरे । त्यस्तो परिस्थितिमा जापान संरा अमेरिकासँग प्रतिकारमा उत्रने निश्कर्षमा पुग्यो ।
“अहिले चीन र अमेरिकाबीचको यो व्यापार सङ्घर्ष यदि इन्धन र ऊर्जासम्म पुग्यो भने त्यो जत्तिको नराम्रो अवस्था अरु केही हुनै छैन । एक किसिमले आगो बल्नेछ”– अलिसन जोड दिन्छन् ।
गएको चार दसकमा चीन अमेरिकाका लागि एउटा असल रणनैतिक साझेदार रहँदै आएको छ तर ट्रम्पले सार्वजनिक रुपमै चीनलाई ‘रणनीतिक प्रतिद्वन्द्धी अर्थात् शत्रु” को संज्ञा दिए । यसले ट्रम्प र वासिङ्टनको चरित्र र प्रवृत्ति संसारसामु उदाङ्गो पारेको छ । यसलाई अलिसनले मौलिक फेरबदल (Fundamental Shift) भनेका छन् ।
यो थुसिडाइडस् गतिशीलतामा आएको फेरबदल झन खतरनाक हुने देखिन्छ । त्यसकारण टड्कारो प्रश्न भनेको यो थुसिडाइडस् पासोबाट कसरी उम्कने ? भन्ने हो । यो नै अहिलेको लागि उत्तर दिन लायकको प्रश्न हो । यसको परिणामबाट संसारलाई कसरी बचाउने भन्ने चिन्तन गर्नु नै समयको माग र आवश्यकता हो । सम्पूर्ण बुद्धिजीवीले दिमाग घोत्नुपर्ने बेला पनि यही हो ।
सन् २०१५ मा चिनियाँ राष्ट्रपति सि चिन फिडले संरा अमेरिकाको भ्रमण गर्दा संरा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग ह्वाइट हाउसमा चीन–अमेरिका सम्बन्धमा थुसिडाइडस् पासोका सम्बन्धमा छलफल गरिएको थियो । दुवै पक्ष एक अर्काको सम्बन्धलाई पासोमा नपार्ने सहमतिमा पुगेका थिए ।
उक्त भ्रमणका क्रममा सियाटलमा सरकार र मित्रहरूको समूहलाई सम्बोधन गर्दा, आप्mनो मन्तव्यमा बोल्नुभएको थियो– “संसारमा यो तथाकथित थुसिडाइड्स पासो भन्ने अस्तित्वमै छैन । तर, समय समयमा प्रमुख देशहरूले पनि रणनीतिक गलत गणनामार्पmत गल्ती गर्ने गरेका छन् । सायद त्यही गल्तीहरूले पासो निर्माण गर्छ आप्mनै लागि ।”
अलिसनले भने–“थुसिडाइड्स पासोबाट भाग्ने पहिलो खुड्किलो भनेको भूमरी पत्ता लागाउनु र यो कति डरलाग्दो र गहिरो छ पत्ता लगाउनु हो । दोस्रो खुड्किलो भनेको त्यहाँबाट उम्किने अत्यन्त उत्कृष्ट बाटो पत्ता लगाउनु हो ।
राष्ट्रपति सि जिङ पिङले अघि सार्नुभएको “हामीसँग नयाँ ढाँचाको शक्ति सम्बन्ध हुनुपर्छ” भन्ने विचार वास्तवमै उत्कृष्ट र महान विचार हो । अब नयाँ ढाँचाको लागि सम्पूर्ण तत्व तयार गर्ने जिम्मेवारी हाम्रो हो भन्छन् अलिसन । राष्ट्रपति सिले वास्तवमा दुई देशबीचको सहकार्यलाई महत्व दिनुपर्नेमा जोड दिनुभएको प्रस्ट छ ।
तर, वास्तविकता दुई राष्ट्रबीचको सम्बन्ध बलियो भने हुन सकेको छैन । यद्यपि वासिङ्टन, पेइचिङ, क्याम्ब्रिज र मास्साचुत्से विश्वविद्यालय लगायतका ठाउँमा वृद्धिमाथि भने एकाधिकार लगाइएको छैन । त्यसकारण विश्व वर्ग र चिन्तनशील तप्काले दुबै पक्षको भलाइको निम्ति सोच्न दिमाग खियाउँदा जाति होला ।
अनुवाद– हौसला
China Daily, 18 October, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *