भर्खरै :

संरा अमेरिकासँग मिलेर जान तयार छौं–राउल क्यास्ट्रो

२ जनवरी, सान्टियागो डी क्युवा । क्युवाली क्रान्ति दिवस (जनवरी १) को अवसरमा मङ्गलबार आयोजित विशेष कार्यक्रममा क्युवाली कम्युनिष्ट पार्टीका प्रथम सचिव राउल क्यास्ट्रोले संरा अमेरिकासँग राजनीतिक मतभेद भए पनि संरा अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्वको सम्बन्ध राख्न इच्छुक रहेको बताएका छन् ।
“संरा अमेरिकासँग हामी सभ्य, शान्तिपूर्ण, सम्मानजनक र आपसी हितकारी सम्बन्ध राख्न चाहन्छौँ ।”, क्युवाली क्रान्तिको ६० औँ विजय दिवसको अवसरमा क्यास्ट्रोले भने ।
सो अवसरमा उनले सन् १९६२ बाट सुरू भएको क्युवामाथि संरा अमेरिकी नाकाबन्दीको स्मरण गर्दै त्यसबाट क्युवालाई ४ हजार ३ सय २१ बिलियन अमेरिकी डलर क्षति भएको बताए ।
वाशिङ्टनका केही शासक वर्गले क्युवामाथिको नाकाबन्दीलाई निरन्तरता दिन चाहिरहेको चर्चा गर्दै उनले ती शासक वर्गले हवानालाई ‘सबै खराबीको केन्द्र’ को रुपमा चित्रण गर्ने गरेको बताए ।
“क्युवा संरा अमेरिकाको सामना गर्न तयार छ । तर, हामी द्वन्द्वको चाहना राख्दैनौँ । संरा अमेरिकाको सन्तुलित सोचले दुई देशबीचको द्वन्द्व रोकिनेमा हामी आशावादी छौँ” क्यास्ट्रोले भने ।
क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोको पार्थिव शरीर गाडिएको चिहानघारीमा सो समारोह आयोजना गरिएको थियो । फिडेल क्यास्ट्रोको निधन सन् २०१६ मा ९० वर्षको उमेरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *