क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
भक्तपुर, २१ पुस । भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण संवद्र्धन गर्नुका साथै नागरिकहरूमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार भक्तपुरको दत्तात्रयमा नगरव्यापी धाँ बाजा प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताका विजयी समूहहरूलाई पुरस्कार वितरण गर्नुहुँदै समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले वर्तमान सरकारले सङ्घ राज्य र संसदीय मर्यादाविपरीत अपरिपक्व ढङ्गले काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
ऐन कानुन बनाउने काम सरकारको नभई संसद्को भएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेंले व्यक्तिगत सेवा सुविधा प्राप्त गर्ने र भ्रष्टाचारी तथा अपराधी संरक्षण गर्ने गलत नीतिमा सरकार फसिरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भक्तपुर सांस्कृतिक सहरमात्र नभई सांस्कृतिक विश्वविद्यालय पनि भएको बताउनुहुँदै ख्वप विश्वविद्यालय स्वीकृत भएमा भक्तपुरको सांस्कृतिक क्षेत्रको पनि व्यवस्थित तरिकाले विकास गर्न सकिने औंल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा स्थापित गर्न नगरपालिकाले आफ्नो विकास निर्माणका कार्यहरू अगाडि बढाइरहेको प्रशंसनीय कार्य भएको बताउनुभयो ।
उहाँले नयाँ पुस्ताका विद्यार्थीहरूलाई सांस्कृतिक गतिविधिमा सहभागिता जनाउन र सीप हस्तान्तरणको निम्ति यस्ता प्रतियोगिताको आवश्यकता औंल्याउनुहुँदै नयाँ पुस्तालाई सांस्कृतिक क्रियाकलापमा सक्रिय पार्नसके यसको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
समारोहको सभापतित्व ग्रहण गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सम्पदा पुनःनिर्माणमा विदेशीको सहयोग नलिइएको र विदेशीको शर्तमा काम गर्दा आफ्नो सार्वभौमिकता गुम्ने खतरा हुने बताउनुभयो ।
देशको कला संस्कृति जीवित भएमात्र देशको अस्तित्व पनि रहने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा अरु नगरपालिकामा भन्दा तुलनात्मक रुपमा सम्पदा संरक्षणमा धेरै कार्यहरू भइरहेको दाबी गर्नुभयो । सांस्कृतिक सम्पदा संरक्षणमा भक्तपुर नगरपालिकाले निरन्तर कार्य गरिरहेको चर्चा गर्नुहुँदै उहाँले नयाँ पुस्ताका विद्यार्थीलाई यहाँको संस्कृति हस्तान्तरण गर्नु नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले हरेक गतिविधि पारदर्शी ढङ्गले जनताको सहभागितामा गरिरहेको चर्चा गर्नुहुँदै स्थानीय तहलाई बलियो बनाउनुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले प्रदेश सरकारको कार्यशैलीले सत्तासीन पार्टीहरू नक्कली कम्युनिष्ट प्रमाणित भइरहेको छ भन्नुभयो ।
प्रदेशको राजधानीलाई व्यापारिक हिसाबले नभई देशको सन्तुलित विकास र देशको सम्प्रभुता कायम हुने ढङ्गले निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले बहुमत प्राप्त गरेको वर्तमान सरकारले बहुमत जनताको हितमा केही काम गर्न नसकेको र चुनावमा पैसा खर्च गरेर जितेका ती सांसद र मन्त्रीहरू पद र पैसाको लोभमा परेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले ऐन–नियम र मापदण्डलाई प्राथमिकतामा राखेको र नगरको सुन्दरता कायम गर्न, मौलिकता जोगाउन नगरवासीहरू पनि सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रजिअ नारायणप्रसाद भट्टले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगिता निर्णायकमण्डलका संयोजक एवम् सहप्राध्यापक विष्णुबहादुर मानन्धर र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा नगर कार्यपालिका सदस्य छोरीमैया सुजखुले पनि संस्कृति र सांस्कृतिक सम्पदा संरक्षणबारे मन्तव्य राख्नुभएको थियो ।
धाँ बाजा प्रतियोगितामा नासः हैमा धाँ बाजा खलः प्रथम, नित्यनाथ दाफा भजन धाँ बाजा द्वितीय, एभरेष्ट इ. स्कूल धाँ बाजा समूह तृतीय, राइजिङ्ग कल्चर ग्रुप र आकाश भैरव नौ बाजा भजन गुठीले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगी समूहहरूको मूल्याङ्कनका लागि भक्तपुर तेखापुखु टोलदेखि टौमढी हुँदै दत्तात्रय चोकसम्म सांस्कृतिक ¥याली गर्नुका साथै दत्तात्रयमा प्रतियोगितात्मक प्रस्तुति गर्न लगाइएको थियो ।
प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. ३० हजार, धाँ बाजा १, भू–छ्या १ र सिछ्या १, द्वितीय भएको समूहलाई नगद रु. २५ हजार, धाँ १ र भू–छ्या १ र तृतीय भएको समूहलाई नगद रु. २० हजार, धाँ – १ र सिछ्या १ तथा सान्त्वना स्थान प्राप्त गरेका समूहलाई प्रतिटोली नगद रु. १० हजार पुरस्कार वितरण गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी सबै टोलीलाई धाँ बाजा १ र खाजा खर्च रु. दुईहजार प्रदान गरिएको थियो ।
सोही समारोहमा विश्व सर्वहारा वर्गका महान गुरु एवम् दार्शनिक कार्ल माक्र्सको द्विशतवार्षिक जन्म जयन्तीको अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित माध्यमिक विद्यालय (कक्षा ९ र १०) स्तरीय निबन्ध लेखन प्रतियोगिता र (कक्षा ११ र १२) स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।ख्वप विवि स्थापना भए सांस्कृतिक संरक्षण अझ व्यवस्थित हुने

सोही समारोहमा विश्व सर्वहारा वर्गका महान गुरु एवम् दार्शनिक कार्ल माक्र्सको द्विशतवार्षिक जन्म जयन्तीको अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित माध्यमिक विद्यालय (कक्षा ९ र १०) स्तरीय निबन्ध लेखन प्रतियोगिता र (कक्षा ११ र १२) स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
Leave a Reply