भर्खरै :

संरा सङ्घका प्रतिनिधि पुग्न केही घण्टाअघि हुदादीमा भीषण लडाइँ

साना, ५ जनवरी । यमनका लागि संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिनिधि मार्टिन ग्राफिथ्स विद्रोहीहरूले कब्जा गरेको यमनको राजधानी साना पुग्न केही घण्टाअघि शनिबार लालसागरको तटीय सहर होदादाहमा हुथी विद्रोही र यमनका सरकारी फौजबीच भीषण द्वन्द्व भएको छ ।
गएको महिना स्वीडेनको स्टकहोम सहरमा भएको शान्ति वार्तामा संरा सङ्घको मध्यस्थतामा युद्धविरामको अवस्था हुँदाहुँदै पनि होदादी सहरको दक्षिणी किनारास्थित होदादी विश्वविद्यालय र राबासाह शिविरको बीचमा दुई पक्षबीच लडाई भएको थियो ।
स्थानीय बासिन्दाका अनुसार दुवै पक्षबीच घण्टौं घण्टासम्म भारी हातहतियार चलेको आवाज सुनिएको थियो ।
दुवै पक्षले चालू शान्ति प्रक्रिया उल्लङ्घन गर्दै युद्धविराम मिचेको एकआपसमा दोषारोपण गरेका छन् । लडाई हुनुपूर्व कमजोर बन्दै गएको शान्ति प्रक्रियालाई बलियो बनाउने उद्देश्यले राष्ट्र सङ्घका प्रतिनिधि ग्राफिथ्स राजधानी साना जाने तयारीमा थिए । गएको साता हुथी समुहले हुदादी बन्दरगाहबाट आफ्नो सेना फिर्ता लाने पहिलो चरणअन्तर्गत फिर्ता हुन थालेको बताएको थियो ।
हुथी समुहको सो कदमको प्रतिक्रियामा संरा सङ्घले स्कटहोम सहमतिअनुसार हुदादी तटबाट कुनै पनि फिर्ती प्रक्रिया राष्ट्र सङ्घलगायत सबै पक्षको अवलोकन र प्रमाणिकरणमा आधारित हुनुपर्ने बताएको थियो ।
हुदादी तटबाट फिर्ती प्रक्रियाबारे अनुगमन गर्न संरा सङ्घले प्याट्रिक कामरेट नेतृत्वको फिर्ती समन्वय समिति गठन भएको थियो । प्याट्रिक गएको साता हुदादी सहरमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *