भर्खरै :

भक्तपुर नपाका अथक सक्रियता

– शान्ति तामाङ
पुनर्निर्माणमा सघाउन भनी विभिन्न संस्थाहरू केही लाख र करोडसम्मको रूपैयाँ लिएर नआएका होइनन् । हामीले भन्यौँ ‘सिधै नगरपालिकाको खातामा निःसर्त पैसा आउँछ भने ठीक छ, नभए दुःख नगर्नुस्’ भन्ने गरेका छौँ ।”
‘सबै कुरामा विदेशीको भर पर्यौं भने हाम्रो के काम ? हाम्रा इन्जिनियरको के काम ? हाम्रो सरकारको के काम ?’ उनले प्रश्न गरे ।
त्यसै पनि भक्तपुर नगरपालिकाले आफ्नै इन्जिनियरिङ कलेजबाट वर्षमा ४ सय ३२ इन्जिनियर उत्पादन गर्दै आएको छ ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेका कामको पनि उनले जानकारी दिए । भक्तपुर नगरपालिकाले २५ शैय्याको अस्पताल बनाउने स्वीकृति पाएको छ । यसको क्षमता बढाउँदै सय शैय्या पु¥याउने नगरपालिकाको लक्ष्य छ ।
उनका अनुसार नगरभित्रका तीन स्वास्थ्य चौकीमा अहिल्यै १६ जना विशेषज्ञ डाक्टरसहित ३० जना डाक्टर छन् । नगरका घर–घरमा नर्सिङ सेवा उपलब्ध छ । प्रत्येक वडामा एक जना नर्स र ९।१० जनाको दरले स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन् । ती नर्सले घर–घरमा सेवा दिइरहेका छन् ।
स्वास्थ्य चौकीमा चौबीसै घण्टा आकस्मिक सेवा उपलब्ध छ । नगरपालिकाले नै दुईवटा औषधि पसल सञ्चालन गरिरहेको छ । त्यहाँबाट सहुलियतमा औषधि किन्ने व्यवस्था छ ।
नगरपालिकाले सरकारी र गैरसरकारी स्कूलबीच भेद हटाउने योजना पनि अघि बढाएको छ । यसका लागि शिशु कक्षा पढाउनेलाई तालिम दिने, विद्यालय अनुगमन गर्ने, शिक्षक परिवर्तन गर्नेलगायत काम गर्दैछ ।
“विदेशमा सरकारी स्कूल पाएसम्म निजीमा पढाइँदैन । हामीकहाँ भने निजीमा पढ्न र पढाउन पाए ठूलै उपलब्धि हासिल गरेजस्तो ठानिन्छ । हामीले सरकारी स्कूलको स्तर उठाइदियौं भने निजीको महत्व स्वतः घट्दै जान्छ । सरकारी स्कूल राम्रो भयो भने मेरो बच्चा सरकारीमा पढ्छ भनेर गर्व गर्न सकिन्छ,” उनले भने ।
नगरपालिकाले आफ्नो अधिकार प्रयोग गर्दै मातृभाषा शिक्षामा पनि जोड दिएको छ । नेपाल भाषा, लिपि र संस्कृति पढाउन सुरू गरेको छ । तीन वर्षभित्र कक्षा १ देखि ८ सम्म सबै विद्यालयमा लागू गर्ने नीति लिएको छ ।
“केही गैरनेवार साथीहरू भन्नुहुन्छ, यो नेवार भाषाको के काम ? त्यसो भए चाइनिज भाषाको के काम ? अरू देशको भाषा पढ्ने, आफ्नो भाषा नसिक्ने ? त्यसैले हामीले नगरपालिकाभित्रका ९२ वटा स्कूलको पाठ्यक्रममा नेपालभाषा लिपि अनिवार्य गरेका छौँ । मेयर प्रजापतिले भने, “शिक्षकहरूलाई केही सन्दर्भ सामग्री दिएका छौँ । त्यसैअनुसार पढाउनू भनेका छौँ । विद्यार्थीलाई पढ्न लगाएर आफू बस्ने होइन, आफै पुस्तकालयमा गएर पुस्तक हेर्ने र इन्टरनेटमा सामग्री खोज्ने भनेका छौँ ।”
स्थानीय गतिविधिलाई पाठ्यक्रममा सामेल गराउन पनि पहल गरिरहेको उनले बताए ।
“स्थानीय विषय जानकारी नहुने, अनि अरू विषयमात्र पढेर हुन्छ ? अमेरिका गए पनि, अस्ट्रेलिया गए पनि भक्तपुर भनेको के हो भनेर कसैले सोध्यो भने दुई घण्टा धाराप्रवाह बोल्न सकियोस् भनेर जरासम्मै काम गर्दैछौँ । भक्तपुर निर्माणमा योगदान दिने व्यक्तित्वहरूलाई पाठ्यक्रममा समावेश गर्दैछौँ,” उनले भने ।
अबको १०÷१५ वर्षपछि भक्तपुरमा पढ्नेले कम्तीमा चारवटा भाषा बोल्न जान्ने उनले दाबी गरे । नेपालभाषा, नेपाली, अङ्ग्रेजी र अरू कुनै एउटा भाषा । अङ्ग्रेजीबाहेक चिनियाँ, फ्रेन्च वा अन्य कुनै एउटा भाषा नगरपालिकाले पढाउने उनले बताए । अहिले नै चिनियाँ भाषाको प्रशिक्षण दिइरहेको उनले बताए ।
‘एउटा भाषाको लागि शब्द निर्माण गर्न सयौं, हजारौं वर्ष खर्च भयो होला । त्यस्तो भाषा हामी लोप गर्दैछौँ । त्यसलाई बचाउने भनेको हामीले नै हो । त्यही भएर स्थानीय भाषालाई माध्यमिक तहसम्म अनिवार्य गर्ने कोशिश गरिरहेका छौँ । भाषालाई जीवन्तता दिन पनि काम गरिरहेका छौँ,’ उनले भने ।
भक्तपुरलाई ‘नमुना नगर’ बनाउने अभियानमा लागेका मेयर प्रजापति केन्द्र सरकारको व्यवहार भने चित्त नबुझेको बताउँछन् ।
“स्थानीय सरकार सञ्चालन ऐनले प्राविधिक जनशक्ति राख्ने अधिकार स्थानीय तहलाई नै दिएको छ । कृषि विशेषज्ञ, ओभरसियर, इन्जिनियर, नर्सजस्ता प्राविधिक विशेषज्ञ हामी आफै राख्न पाउँछौँ । केन्द्र सरकारले भने अहिले नराख्नू भन्ने आदेश दिएको छ । यो त हाम्रो अधिकार खोस्ने काम भयो ।” उनले भने, “संविधानले सङ्घीयता स्वीकारेको छ ।
कानुनले सङ्घीयताको कुरा गरेको छ । हाम्रा मन्त्रीज्यूहरू र केन्द्रीय स्तरमा बस्ने प्रशासकहरूमा भने त्यो बुझाइ नै छैन । संविधान नबुझेको भनौं भने आफै बनाउने, अनि कार्यान्वयन बेला तोडमोड गर्ने ?”
कर्मचारी भर्ना र स्थायी गर्ने विषयमा केन्द्रले हस्तक्षेप गरे स्वायत्तताको कुनै अर्थ नरहने उनले बताए ।
केन्द्र सरकारको रवैयाबाट निराश प्रजापतिलाई जनताले देखाएको उत्साहले भने हौस्याउँछ । ‘हामी जे काम गर्छौं, स्थानीय जनतालाई ध्यानमा राखेर गर्छौं । अरूले पनि सिकून् भनेर गर्छौं, मेयर प्रजापतिले भने, “काम कस्तो भयो भनेर जनताको राय बुझ्न बेलाबेला घरदैलोमा जाने गरेको छु । सबैले राम्रै भनिरहेका छन् । शतप्रतिशत त कसरी सन्तुष्ट हुन्छन् र ?”
हेर्दै जानुस्, मेरो यही कार्यकालमा भक्तपुर नमुना नगर बन्नेछ,’ उनले भने ।
स्रोत ः सेतो पाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *