शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
भक्तपुर, २३ पुस । सुर्यविनायक नपामा युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रस्तावित रङु्गशाला निर्माणको विरोधमा आन्दोलनरत स्थानीय बासिन्दा र किसानहरूले सोमबार विरोध जुलुस प्रदर्शन गरेका छन् । नङ्खेलको नन्दकेशरबाट सुरू भएको जुलुस ठाउँ–ठाउँमा कोणसभा गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालय पुगी विरोध सभामा परिणत भएको थियो ।
प्रस्तावित रङु्गशाला स्थानीय जनता र किसानको हितमा नभएको भन्दै केही मानिसले सत्ताको आडमा भूमाफियालाई फाइदा पुग्ने गरी रङु्गशाला बनाउन लागेको सहभागी किसानहरूले बताए । उनीहरूले आफ्नो उठिबास हुने गरी कुनै निर्माण कार्य भए कडा प्रतिकार गर्ने पनि बताए ।
विकासको नाममा भएका खेतीयोग्य जमिन म्हास्नु गलत भएको भन्दै उनीहरूवले प्रस्तावित रङु्गशालाले आफ्नो मात्र नभई भावी पुस्ताको भविष्यलाई पनि असर पु¥याउने बताए ।
उपत्यकाको खुम्चिंदै गएको खेती भूमिलाई यस्ता निर्माणले अझै खुम्चाउने किसानहरूको भनाइ थियो ।
सत्ताको आडमा गरिने विकास दिगो कदापि नहुने उनीहरूले बताए ।
कार्यक्रममा सङ्घर्ष समितिका अध्यक्ष हरिकृष्ण दनेगुलू, तुलसीदास कासुला, चन्द्रशेखर,बाबुकाजी कासुलालगायतले बोल्नुभएको थियो ।
Leave a Reply