इरान–अमेरिकाबिच आक्रमण र प्रत्याक्रमण
- जेष्ठ १८, २०८३
गाबोन, २३ पुस । मध्यअफ्रिकी देश गाबोनका केही सैनिक अधिकारीहरूले त्यहाँको सरकारी रेडियो स्टेसन कब्जा गरी गरेको विद्रोहको प्रयास विफल भएको छ । राष्ट्रपति अली ओन्गो स्वास्थ्य उपचारका लागि मोरोक्कोमा भएको मौका छोपी सेनाले विद्रोह गरेका थिए । ढिला गरी प्राप्त समाचारअनुसार विद्रोह गरेका सबै सैनिकहरूलाई गिरफ्तार गरिएको छ ।
गाबोन सेनाका ८० जना कनिष्ठ अधिकारीहरूको दस्ताले स्थानीय समयानुसार बिहान ४ः३० बजे सरकारी रेडियो स्टेशनबाट विद्रोहको घोषणा गरेका थिए । उनीहरूले रेडियोबाट सङ्क्षिप्त भाषण गरेका थिए । आफ्नो भाषणमा सैनिक अधिकारीहरूले गाबोनका जनताको आफूले सुरक्षा गर्ने र देशलाई अराजकताबाट जोगाउनुका साथै प्रजातन्त्र पुनस्र्थापना गर्ने घोषणा गरेका थिए ।
उनीहरूले भाषण गर्दै गर्दा रेडियो स्टेशन वरपर गोली हानाहानको आवाज सुनिएको थियो ।
सैनिकहरूको विद्रोहलाई समर्थन गर्दै झण्डै तीन सय मानिस रेडियो स्टेशन वरपर जम्मा भएका थिए । तर सरकारी पक्षका सेनाले उनीहरूमाथि अश्रुग्यास प्रहार गरी धपाएका थिए ।
गाबोनमा सन् १९६७ देखि बोङ्गो परिवारको शासन चल्दै आएको छ । वर्तमान राष्ट्रपतिका पिता ओमारको सन् २००९ मा निधन हुँदा चार महिनामात्र बोङ्गो परिवारको शासन छिन्न भएको थियो । त्यसपछि अली बोङ्गो राष्ट्रपति बनेका थिए । हिंसा र धाँधलीका आरोप भएको चुनावमा अलीले झिनो मतान्तरले चुनाव जितेका थिए ।
बोङ्गो परिवारमाथि सरकारी सम्पत्ति दुरूपयोग र भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।
सोमबार विद्रोह गरेका सैनिकहरूले विरामी राष्ट्रपतिको नेतृत्व कमजोर भएको र नयाँ वर्षको अवसरमा दिएको सन्देश कमजोर भएको बताएका थिए ।
गाबोनको परिचय
मध्यअफ्रिकी देश गाबोन तेलमा धनी देश हो । गाबोनको उत्तरपश्चिममा भूमध्यसागरीय गिनी, उत्तरमा क्यामरून, पूर्व र दक्षिणमा कङु्गो गणतन्त्र र पश्चिममा गिनी खाडी पर्दछ । लिब्रिभिल्ले गाबोनको राजधानी हो । सन् १९६० सम्म गाबोन फ्रान्सको उपनिवेश थियो । गाबोनको कुल सरकारी बजेटको झण्डै ४६ प्रतिशत तेलबाट हुने आम्दानीबाट हुने गर्दछ । तर त्यहाँको तेल उत्पादन क्रमशः घटिरहेको बताइन्छ ।
Leave a Reply