मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
वासिङटन, २३ पुस (एनआई) । संयुक्त राज्य अमेरिका र प्रजग कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ ।
राष्ट्रपति ट्रम्प र प्रजग कोरियाली नेता किम जोङ उनबीचको अर्काे चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर, त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन ।
अर्काे बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन । स्थान र मिति तय गर्ने बारेमा तयारी भइरहेको जानकारी भइरहेको छ ।
आइतबार ह्वाइट हाउसको बाहिर जम्मा भएका समाचारदातालाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भन्नुभयो, प्रजग कोरियासँगको सम्बन्ध राम्रै गतिमा अघि बढिरहेको छ ।
राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ, प्रजग कोरियासँगको सम्बन्ध राम्रो हुदै गएको छ, हामीले राम्रोसँग वार्ता अघि बढाइरहेका छैनौँ, अहिले कुनै रोकावट छैन, हामीले आपसमा निकै राम्रो गरिरहेका छौँ ।
प्रजग कोरियामाथिको नाकाबन्दी भने जारी नै रहनेछ, त्यो पूरा गति र प्रभावमा नै कायम रहने छ, राष्ट्रपति ट्रम्पले भन्नुभएको भन्दै उक्त टेलिभिजनमा प्रसारण गरिएको छ । यसै हप्ताको सुरुमा राष्ट्रपति ट्रम्पले प्रजग कोरियाली नेताले आफूलाई एक पत्र पठाएको खुलासा गर्नुभएको थियो । किमको पत्रपछि पनि आपूmबीच वार्ता भएका र त्यसबाट छिट्टै नै अर्काे अथवा दोस्रो चरणको वार्ताका लागि तयारी गरिने उहाँले बताउनुभएको थियो ।
प्रजग कोरियाले भने सिङ्गापुरमा पहिलो चरणको वार्तामा भएका प्रतिवद्धताको कार्यान्वयनमा अमेरिकी पक्षबाट कुनै पनि प्रगति नभएको भन्दै यदि त्यसो भएमा आफ्नो तर्फबाट भएको निःशस्त्रीकरणको प्रयासको प्रगति पनि रोकिने बताएको थियो ।
प्रजग कोरियाली नेता किमले नयाँ वर्षका अवसरमा दिनुभएको सन्देशमा अमेरिकाको तर्फबाट प्रजग कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने तथा अन्य कार्यक्रममा कुनै प्रगति नभएको भन्दै यदि त्यस्तो भयो भने आफूहरूको प्रतिबद्धता पनि पूरा गर्नुपर्छ भन्ने नरहेको स्पष्ट गर्नुभएको थियो ।
त्यसपछि विकसित परिस्थितिका कारण यी दुई देशबीच अर्काे चरणको बैठक हुने देखिएको हो ।
Leave a Reply