शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह
- जेष्ठ २९, २०८३
भक्तपुर, २६ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विदेशी प्रविधि सिकेर नेपालमै विद्युतीय सामग्री उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घद्वारा आयोजित तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला–२०१९ को उद्घाटनमा उहाँले उक्त भनाइ राख्नुभएको हो ।
विद्युतीय सामान मर्मत गर्ने सीप सिक्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै उहाँले सरकारबाट धेरै आशा नगरी जनस्तरबाटै सीप तालिम सुरू गर्नुपर्नेमा जोड दिनुभयो ।
औद्योगिक प्रदर्शनीस्थल निर्माणबारे नगरपालिका र उद्योगी–व्यापारीबीच सरसल्लाह गरी टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउनुहुँदै अध्यक्ष बिजुक्छेंले एक्स्पोको पूर्ण सफलताको कामना गर्नुभयो ।
प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले आयात बढाएर भन्सार शुल्क बढाउने सरकारको कामले व्यापार घाटा बढाएको हुँदा आन्तरिक उत्पादन बढाएर निर्यातसमेत गरी आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालका किराना पसलहरूमा एकतिहाइ विदेशी खानेकुरा भरिएकोलाई स्वदेशी खानेकुराले प्रतिस्थापन गर्न सकिए नेपालीको स्वास्थ्य नबिग्रने र व्यापारघाटा घट्ने उल्लेख गर्नुभयो ।
उद्योगमन्त्रीको काम उद्योगी र व्यापारीसँग चन्दा उठाउने र सार्वजनिक संस्थान सस्तोमा बेचेर कमिसन खान हुन नहुनेमा जोड दिनुहुँदै सांसद सुवालले भ्रष्टाचारको विरोधलाई गणतन्त्रको विरोध देख्नु र राज्य संयन्त्र दुरूपयोग गरी जनतामा डर–त्रास देखाएर शासन गर्नु राजनीतिक आचरण नहुने स्पष्ट गर्नुभयो ।
सङ्घका अध्यक्ष पुण्यराम खाताख्वको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, उद्योगी–व्यापारीहरू दीपक मलहोत्रा, महेन्द्रमान श्रेष्ठ, केपी अवाल, रामप्रसाद प्रजापति, पुरूषोत्तम भण्डारी, माधवप्रसाद प्रजापतिले भेलाको विविध पक्षबारे प्रकाश पार्नुभयो ।
मेला पाँच दिनसम्म चल्ने छ ।
Leave a Reply