भर्खरै :

साउदी युवतीलाई क्यानडाद्वारा शरण

टोरोन्टो, २८ पुस (एएफपी) । धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थीरुपमा स्वीकार गरेको बताउनुभएको छ ।
क्यानडा विश्वभरिको मानव अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताउनुभएको छ । रहाफको तर्फबाट संयुक्त राष्ट्रसङ्घीय शरणार्र्थी निकायले पेश गरेको शरणार्र्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुसी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताउनुभएको छ ।
साउदी जेलमा राखिएका महिला अधिकारवादीलाई रिहा गरिदिन क्यानडाको मागको कारण क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो । तर, पनि क्यानडाले साउदी महिलाको शरणार्थीरुपमा सहजै स्वीकार गरेको छ ।
आफ्ना परिवारसँग कुवेत भ्रमणमा भएकी रहाफले अचानक बैङ्ककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैङ्ककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत रहेको थियो ।
बैङ्ककको विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिएपछि उनी अलपत्र परिन् । त्यसपछिको उनको कहानीले विश्वभर नै खैलाबैला मच्चियो ।
भागेर बैङ्ककको विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहाफलाई विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए ।
रहाफले बैङ्कक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरी लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन् ।
साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्डसमेत दिनसक्ने अपराध मानिन्छ । रहाफले परिवारबाट शारीरिक तथा मानसिक दुव्र्यवहार भोगेको एएफपीलाई बताएकी थिइन् । कपाल काटेको निहुँमा आफूलाई छ महिनासम्म कोठामा थुनिएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *