भर्खरै :

छोटो विश्रामपछि फेरि पहेंलो भेस्ट आन्दोलन सुरु

पेरिस, १२ जनवरी । नयाँ वर्ष र क्रिसमसको बिदामा सुस्त बनेको फ्रान्समा चालू पहेंलो भेस्ट आन्दोलनले फेरि उचाइ ग्रहण गरेको छ । शनिबार राजधानी पेरिसमा आयोजित प्रदर्शनमा हजारौं फ्रान्सेली जनताले सहभागिता जनाए । प्रहरीले शनिबार भएको प्रदर्शनमा कम्तीमा ३२ हजार मानिसले भाग लिएको फ्रान्सेली प्रहरीले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमार्फत गरिएको आह्वानको आधारमा राष्ट्रपति इम्मानुएल माक्रोंको सरकारविरुद्ध पहेंलो भेस्ट लगाएर प्रदर्शन गरेका थिए ।
पहेंलो भेस्ट लगाएर भइरहेको सो आन्दोलनले फ्रान्स सरकारलाई अप्ठ्यारोमा पार्दैै आएको छ । फ्रान्सको राजधानीमा प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तमा कम्तीमा १०२ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन हाल सो मागमा मात्र सीमित छैन । उनीहरूले लामो समयदेखि फ्रान्सेली समाजले भोग्दै आएका अनेकन राजनीतिक, आर्थिक र सामाजिक समस्यालाई आन्दोलनका मुद्दा बनाएका छन् । फ्रान्समा चालू आन्दोलन विभिन्न युरोपेली देशमा स्थानीय मागहरूसहित फैलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *