क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
यस वर्षको २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस (माघ २) केही औपचारिक कार्यक्रमसाथ सम्पन्न भयो । नेपालमा २०५५ बाट भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्प रोक्न नसकिए पनि पूर्वसावधानी अपनाएर त्यस विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ भन्ने मान्यतामा आधारित भएर भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । तर, वर्षमा माघ २ गतेको एक दिन भूकम्पीय सुरक्षाबारे चर्चा गरेर अरू दिन सर्वसाधारण जनतालाई सुसूचित गरेर पूर्वसावधानीको काम नगर्ने हो भने भूकम्प सुरक्षा दिवस कर्मकाण्ड र औपचारिकतामा सीमित हुन जानेछ ।
भूकम्प सुरक्षा दिवस औपचारिकतामात्र होइन । जनतालाई भूकम्पीय जोखिमबाट जोगाउने हरसम्भव कार्य गर्नु राज्यको दायित्व हो, जिम्मेवारी हो । भूकम्पबाट जनधनको क्षति गर्ने क्षेत्र घर–भवन हो । त्यसैले घर–भवनहरू भवन आचारसंहिता – २०७२ अनुसार मात्र निर्माण गर्न लगाउनुपर्छ । यो निर्माण आचारसंहिता २०७३ भदौबाट देशभर लागू गरे पनि अझै स्थानीय तहमा त्यसअनुसारको भवन निर्माण मापदण्ड जारी नभएको देखिन्छ र बुझिन्छ । भवन निर्माण आचारसंहिता पालना नगरी बनाइएका घर–भवन २०७२ वैशाखको झैँ अर्को शक्तिशाली भूकम्प आउनेबेला ठूलो धनजनको क्षति हुनेमा दुईमत नहोला । निजी घर भवन त मनपरी बनाइएका छन् साथै सरकारी भवनसमेत आचारसंहिता र मापदण्ड पालना नगरी बनाइएका समाचार सुन्दा आचारसंहिता परिपालनामा सरकारको उदासिनता छर्लङ्ग भएको छ । विद्यार्थीका पाठ्यक्रममा विपद्सम्बन्धी सचेतना समेट्नुपर्ने सुझाव र आवाज चर्को उठे तापनि अहिलेसम्म प्रभावकारी रूपमा पाठ्यक्रम र पाठ्यसामग्री निर्माण भएको देखिएको छैन । अव्यवस्थित सहरीकरण भएको ठाउँमा भूकम्प आउँदा जोगिन भाग्ने खुला ठाउँ छैन । अव्यवस्थित सहरीकरण रोक्नेतर्फ सरकारको पटक्कै ध्यान गएको देखिँदैन । यस्तोमा भूकम्प सुरक्षा दिवस मनाउनुको उपादेयता कहाँ खोज्ने ?
Leave a Reply