भर्खरै :

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन ‘फेब्रुअरीको अन्त्यतिर’ हुने

वासिङटन, ५ माघ (सिन्ह्वा) । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउँदो “फेबु्रअरीको अन्त्यतिर हुने” अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
प्रजग कोरियाको सत्तारुढ दल कोरियाली मजदुर पार्टीको केन्द्रीय कमिटीका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको हो ।
“राष्ट्रपति डोनाल्ड ट्रम्पले किम योङ चोलसँग साढे एक घण्टा बैठक गरे, बैठकमा आणविक हतियार निःशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ,” ह्वाइट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले जानकारी दिइन् ।
उनले शिखर बैठकको ठाउँ र आउँदो फेब्रुअरीको अन्त्यतिर बैठक गर्ने बारेमा छलफल भएको जानकारी दिइन् ।
दसकौंदेखि प्रजग कोरिया र संरा अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि चोलको नेतृत्वमा प्रजग कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण पुगेको हो ।
उनले ट्रम्प र संरा अमेरिकी उच्च अधिकारीसँग विशेष गरेर दोस्रो शिखर सम्मेलनकै बारेमा छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *