भर्खरै :

पाँच संवैधानिक आयोगमा अध्यक्षको नाम सिफारिश

काठमाडौँ, ६ माघ  : संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा प्यूठानका शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजयकुमार दत्तको नाम सिफारिश गरेको हो ।
त्यसैगरी, परिषद्ले थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारीको नाम सिफारिश गरेको बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
नेपालको संविधानअनुसार संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक आयोगका अध्यक्षको पद तथा गोपनीयताको शपथ गरिने व्यवस्था छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *