शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
–विगोल
पूर्वी सिक्किमको राजधानी गाङ्कतोक हो । यो समुद्री सतहबाट ५४८० फिटको उचाइमा अवस्थित छ । गाङ्कतोक उत्तरी र पूर्वी भारतको पर्यटक केन्द्र हो । यस सहरको पूर्वतर्फ अग्लो हिमाल कञ्चनजङ्का र रानी खोला हेर्न सकिन्छ । छोम्गो (Tsomgo)लेक, बाबा हरबजन सिङ्क मन्दिर, पारागलाइडिङ्क गर्ने रोसिथाङ्क (Roshithang), इन्चेको मन्दिर, पूmलबारी, गणेश तोक, हनुमान तोक, मार्चकमा रहेको सिक्किम विज्ञान केन्द्र, पास्टाङ्क उपत्यका, खङ्कचेन्डजोङ्क सांस्कृतिक केन्द्र, ईपीसीएस चर्च, चारैतिर दृश्यावलोकन गर्ने तोसी, वनझाँक्री झर्ना यहाँका पर्यटकहरूको आकर्षण स्थल हुन् ।
छोम्गो लेक (ताल) हिउँद याममा जहिल्यै हिउँले ढाकिएको हुन्छ । १२,३१०ु (३७५३ मिटर) उचाइमा रहेको सो लेकसँगै रहेको हिउँ भएको पहाडमा चिप्लेटी खेलिन्छ । त्यो हिउँमा खेल्ने ठाउँ हो । त्यहाँ अक्सर हिउँ रहेको हुन्छ । कहिलेकाहीँ पानी पर्दा या हिमपात हुँदा २÷३ फुटसम्म हिउँ जमेको हुन्छ । छोम्गो लेकको केही तल रहेको सानो बजारमा हिउँमा खेल्नको लागि पञ्जाको व्यापार हुँदोरहेछ । हिउँमा जान बुट बहालमा दिनेरहेछ । एक जोरको बुट एक समयको लागि बहालमा दिँदा रु.५० आइसी लिँदोरहेछ । बुट बहालमा दिएर दिनको हजारौँ रुपैयाँ आम्दानी गर्छन्–स्थानीय जनता ।
छोम्गो लेक सडकको छेउमै छ । हिउँमा ट्रेकिङ्क नगर्ने यात्रुहरूको लागि चौरीगाईको व्यवस्था गरिएको छ । चौरीगाई एकचोटि चढेर फोटो खिच्न रु.५० र हिउँमा यात्रा गर्न बाटोको दूरीअनुसार रु.३५० देखि १२ सयसम्म ज्याला लिँदोरहेछ । छोम्गो लेकमा रोपवेको बन्दोबस्त छ । १ वर्ग किमि लामो रहेको सो रोपवे चढ्न प्रतिव्यक्ति रु.३५० पर्छ । हिउँ खेल्ने ठाउँ र लेकबीच एक दुई मिटरको पैदल हिँड्ने बाटो छ । बाटो साँगुरो र चिप्लो भएकोले हिउँ खेल्दा खेल्दै लेकमा खस्ने डर छ । लेकमा पालो बसेका प्रहरीका अनुसार लेकमा खसेर केही यात्रुहरू मरेका पनि छन् । बरोबर दुर्घटना भएकै कारण उनीबिना गाइड हिउँ खेल्ने ठाउँमा पठाउँदैनन् । पहरा बस्न बसेका भारतीय प्रहरी छोम्गो लेकमा नेपाली आएको सहँदैनन् । पर्यटकलाई सम्झाइबुझाइको सट्टा उनी नेपालीहरू भनेको कुरा मान्दैनन् भनेर झर्किन्छन्, रिसाउँछन् र ठूलठूलो स्वरमा कराएर तर्साउँछन् । आन्तरिक तथा बाह्य पर्यटक या यात्रुहरूलाई खुसी पार्नु त कता हो कता उल्टो चित्त दुखाउँछन् । नेपालीहरू भारतीय प्रहरीबाट अपहेलित हुन्छन् । हिउँमा चिप्लेटी खेल्ने ठाउँसँगै ताल भएको हुँदा चिप्लेटी खेल्ने एक दुई मिटर चौडाको हिउँको सो बाटोमा लेकतर्फ बार लगाउनुपर्ने थियो । कुनै पनि समात्ने साधन र बार नभएको हुँदा चिप्लेटी खेल्दामात्र होइन पैदल हिँडदा पनि डर मानी मानी हिँड्नुपर्छ । चिप्लेर लेकमा खस्ने सम्भावना भएको हुँदा चिप्लेटी खेल्ने सो ठाउँमा बार बनाउनैपर्ने देखिन्छ । तर, राज्य या सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिएको देखिँदैन । प्रत्येक दिन छोम्गो लेक हेर्न र हिउँमा चिप्लेटी खेल्ने सयौँ–हजारौँ पर्यटक आउने सो ठाउँमा बारको व्यवस्था नहुनु राज्यकै कमजोरी हो । छोम्गो लेकमा बरोबर हिमपात हुन्छ । ठूलो हिमपात हुँदा गाडी चलाइँदैन । फेरि १२ हजार फिटभन्दा अग्ला पहाडहरू भएको सो ठाउँमा हिउँमा चिप्लेर गाडी खस्ने सम्भावना छ । गाडी खस्यो भनेर बच्ने सम्भावना हुँदैन । हिमपात भयो भने त्यो दिन त्यही बस्नुपर्ला भनेर हिमपात हुने बित्तिकै गाडी चलाउन हतार मान्छन् या सडकमा हिउँ जम्नुअघि नै त्यो ठाउँ छोड्न चाहन्छन् चालकहरू । सारमा हिउँ खेलेर रमाइलो गर्ने ठाउँ हो – छोम्गो लेक ।
छोम्गो लेकको रमणीय दृश्यमा रमिता गरेपछि पर्यटकहरू हनुमान तोक र गणेश तोक पुग्छन् । ती तोकहरू सडकभन्दा अलि माथि उचाइमा छ । हनुमान तोकमा हनुमान र गणेश तोकमा गणेशको ठूलठूला मूर्ति छन् । हनुमान तोक र गणेश तोक पनि हेर्नलायकका सांस्कृतिक स्थलहरू हुन् । उत्तर सिक्किमतिर हेर्ने तसी भ्यु प्वाइन्ट, ठूलो बुद्धको मूर्ति रहेको गनजाङ्क मोनास्टेरी (मन्दिर–मण्डप), इन्चेको मोनास्टेरी, फ्लोवर शो र डाँडामा रहेका प्लान्ट कन्जरभेटोरी पनि हेर्नलायकका स्थलहरू हुन् । पर्यटकहरूलाई घुम्ने, डुल्ने र हेर्ने ठाउँ बनाएर आयआर्जन गर्ने ध्येयले नै ठाउँठाउँमा नयाँ नयाँ सांस्कृतिक सम्पदा स्थलहरू बनाइएको देखिन्छ । जहाँ जहाँ सांस्कृतिक सम्पदाहरू स्थल छन् त्यहाँ त्यहाँ आराम गर्ने ठाउँ, जुत्ता राख्ने ठाउँ र दृश्यावलोकन गर्ने ठाउँको व्यवस्था गरिएको छ । कति सांस्कृतिक स्थलहरू नयाँ छन् । ती स्थलहरू बस्ती नै नभएको डाँडामा बनाइएको छ ।
पूर्वी सिक्किमको एउटा आकर्षण स्थल वनझाँक्री झर्ना पनि हो । वनझाँक्री वाटर फल्स नामकरण गरिएको सो ठाउँमा आकर्षणका लागि वरिपरि डरलाग्दा झाँक्रीका प्रतिपूर्तिहरू सुरक्षितसाथ राखिएका छन् । पार्क, पोखरी र पुलको व्यवस्था मिलाइएको छ । खोल्सो वारपार गर्न पुलबाहेक रोमाञ्चकको लागि डोरी, दण्डी र साइकलका स–साना टयुव राखेर खोल्सो पार गर्ने व्यवस्था मिलाइएको छ । तर, ती डोरी, बाँस र तारमा टेकेर जाने पुलहरू डरलाग्दा छन्, होसियारीपूर्वक गइएन भने खोल्सोमा खसेर दुर्घटना हुने सम्भावना छ । नामै वनझाँक्री भएकोले वनको सेरोफेरोमा वनझाँक्री र अन्य प्रतिकात्मक मूर्तिहरू आकर्षक र लोभलाग्दो ढङ्कले बनाइएको छ । सँगै रहेको पोखरीमा यात्रुहरू खेल्ने कलात्मक परेवा आकारको डुङ्का छ । पर्यटकहरू डुङ्का चढेर पनि रमिता गर्छन् या मज्जाक लिन्छन् । ठाउँ सफा, स्वच्छ र हरियाली छ । चारैतिर अग्ला अग्ला साना ठूला हरियाली पहाड र जङ्कल छन् । उक्त वनझाँक्री वाटर फल्स पार्कमा प्रवेश गर्न प्रतिव्यक्ति रु.१० तिर्नुपर्छ । पर्यटकहरूको लागि आराम गर्ने स्टलहरूको व्यवस्था मिलाइएको छ । वनझाँक्री झर्ना हेर्ने अर्को रमणीय र सुन्दर ठाउँ हो । स्थानीयका अनुसार त्यो वनमा पहिले झाँक्रीहरू बस्थे । त्यही भएर वनको नाम नै वनझाँक्री राखिएको हो ।
Leave a Reply