भर्खरै :

एथेन्समा हिंसात्मक द्वन्द्व

एथेन्स, २० जनवरी । ग्रीसेली सहर मेसेडोनियाको नाम पूर्व युगोस्लाभियाबाट टुक्रिएको एउटा देशलाई प्रयोग गर्न दिने विषयमा भएको सम्झौताको विषयमा ग्रीसको राजधानी एथेन्समा आइतबार भएको प्रदर्शन हिंसात्मक भीडन्तमा बदलिएको छ । ग्रीसेली संसदको प्राङ्गणमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरू संसदभवनभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी र उनीहरूबीच हिंसात्मक भीडन्त भएको थियो । सशस्त्र सुरक्षाकर्मीमाथि उनीहरूले ढुङ्गा, आगो आदि फालेका थिए । जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए ।
स्थानीय एक सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूको हमलामा परी कम्तीमा २५ जना प्रहरी घाइते भएका छन् । उनीहरूलाई अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । बाह« जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो । पत्रकारहरू समेत घटनामा परी घाइते भएका थिए ।
प्रदर्शनमा फेरि एक पटक अतिवादी तत्व र अतिवादी दक्षिणपन्थी शक्तिको घुसपैठ भएको ग्रीसका प्रधानमन्त्री अलेक्साई सिप्रासले घटनाबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने ।
मेसेडोनिया नाम प्रयोग गर्न दिने नदिने विषयमा आगामी साता ग्रीसको संसदमा मतदान हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *