भर्खरै :

बङ्गुरखाल हटाउन स्थानीय आन्दोलनमा

भक्तपुर, २६ फागुन । बङ्गुर खालले पिउने पानी र वरपरको वातावरण प्रदुषित र मानिस बस्न नमिल्ने भए पछि नगरकोट नपा वडा नं ३ गलाँकोका बासिन्दा आन्दोलित भएका छन् । गलाँकोमा हाल सञ्चालनमा रहेका तीन वटा र अब सञ्चालन गरिन लागेको बङ्गुर पालनका कारण दुर्गन्ध फैलिंदा स्थानीय बासिन्दा त्यहाँ बस्नै गाह«ो भएपछि सङ्घर्ष समिति नै गठन गरी सङ्घर्षमा उत्रेका हुन् । कृष्णप्रसाद लवजूको अध्यक्षतामा रहेको सङ्घर्ष समितिले स्थानीय ६० घर परिवारको हस्ताक्षर संकलन गरी तत्काल बङ्गुर खाल बन्द गराउन प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
स्थानीय बासिन्दाको टोलीले नगरकोट नगरपालिका, नगरकोट नपा वडा नं १,२ र ३ को संयुक्त वडा कार्यालय, जिल्ला पशु कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा अलग अलग ज्ञापन पत्र बुझाए ।
सङ्घर्ष समितिका अध्यक्ष लवजूले मानवबस्ती छेउ बङ्गुर पालन गरिंदा खानेपानी पिउन अयोग्य र हावामा पनि दुर्गन्ध फैलिएकाले रोगब्याधी फैलिनसक्ने भएकाले स्थानीय त्यसको विरोधमा आएको बताउनुभयो ।
उनीहरुले तत्काल सबै बङ्गुर खाल सो स्थानबाट मानिसलाई प्रभाव नपर्ने स्थानमा सार्न माग गरेका छन् । बङ्गुर खालका फोहोर पानी हनुमन्तेको शाखा दार्के खोलामा मिसाउँदा जलप्रदुषण पनि भएको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *