साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
- भाद्र २३, २०८३
कञ्चनपुर जिल्लामा भारतीय सुरक्षा बल(एसएसबी) ले नेपाली नागरिकको हत्याको विरोधमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरु नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले बिहीबार अपरान्ह विरोध प्रदर्शन गरेको छ । भक्तपुरको सुर्यमढीबाट शुरु भएको विरोध जुलुस सूर्यबिनायकमा विरोध सभा परिणत भएको थियो ।
सभामा बोल्दै नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले एसएसबीले नेपाली नागरिक गोबिन्द गौतमको हत्या गरेको विषयमा सरकारले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न कुटनीतिक दबाब दिनुपर्ने बताउनुभयो ।
‘आज नेपालमा आफू देशभक्त भएको भन्ने प्रतिस्पर्धा चलिरहेको छ । वास्तवमा को देशभक्त हो र कोे देशघाती भन्ने मूल्याङ्कन गर्ने समय आएको छ । कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न सरकारले पहल नगरे यो सरकार देशघाती प्रमाणित हुनेछ ’
एक जना प्रजग कोरियाली नागरिकको निधनका विषयमा प्रजग कोरिया र मलेसियाबीच हाल चलिरहेको कुटनीतिक द्वन्द्वको प्रसंग चर्चा गर्दै उहाँले नेपाली नागरिकको भारतीय सरकारी निकायका व्यक्तिबाट भएको हत्यालाई भारतले हचुवाको विषय बनाए भारतीय राजदुतलाई देशनिकाला समेत गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो ।

‘आज नेपालमा आफू देशभक्त भएको भन्ने प्रतिस्पर्धा चलिरहेको छ । वास्तवमा को देशभक्त हो र कोे देशघाती भन्ने मूल्याङ्कन गर्ने समय आएको छ । कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न सरकारले पहल नगरे यो सरकार देशघाती प्रमाणित हुनेछ ’, उहाले भन्नुभयो ।
सभामा नेक्रायुसंघका केन्द्रीय सदस्य मीनबहादुर बाटाले सुस्ता, कालापानी, सप्तरीको तिलाठीलगायतका सीमावर्ती स्थानहरुमा नेपाली जनतामाथि भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती नेपालको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वमाथिको हमला भएको बताउनुभयो ।
उहाँले कहिल्यै कुनै विदेशी शक्तिसामू पराधिन हुन नपरेको नेपालमाथि पराधीनताको इतिहास बोकेको भारतीय शासक वर्गले आफ्नो तखतमा राख्न खोज्नु अक्षम्य भएको प्रष्ट पार्नुभयो ।
सभामा नेक्राविसंघ भक्तपुर जिल्ला अध्यक्ष रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।
यसअघि सुर्यमढीमा भएको कोणसभामा नेक्राविसंघका राजन अवाल र सुकुलढोकामा भएको सभा नेक्रायुसंघका अर्जुन काफ्लेले बोल्नुभएको थियो ।
जुलुसमा सहभागीहरुले नेपाल–भारत सीमा नियमित गर, भारतीय विस्तारवाद मूर्दावाद, हत्यारा एसएसबीलाई कारबाही गर, देशभक्त नेपाली जनता एक होऔं आदि नारा लगाएका थिए ।
Leave a Reply