दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम
- भाद्र ७, २०८३
नेपालगन्ज, २६ फागुन । विदेशी खेलाडी एरोनको एक गोल नै यहाँ सञ्चालित टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल खेलको निर्णायक सावित भयो ।
‘ए’ डिभिजनको सो प्रतियोगिताअन्तर्गत सुदुरपश्चिम–११ र भारतको दिल्ली युनाइटेटबीच आज भएको उद्घाटन खेलको सुरुवाती चरणको २२ मिनेटमा एरोनले गोल गरेका थिए ।
निकै कडा प्रतिस्पर्धात्मक सो प्रतियोगितामा दिल्ली युनाइटेडले गोल फर्काउन थुप्रै प्रयास गरे पनि अन्ततः एरोनको गोल नै निर्णायक हुन पुग्यो ।
सो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका दिल्ली युनाइटेडका कप्तान डन लेप्चालाई ‘म्यान अफ दि म्याच’को पुरस्कार प्रदान गरियो । प्रतियोगिताको भोलिको खेल नेपाल पुलिस क्लब र नेपालगन्ज–११ बीच हुने जनाइएको छ ।
यसअघि, सो प्रतियोगिताको अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्दै फुटबलको विकासका लागि निजी क्षेत्र आकर्षित हुनुपर्नेमा जोड दिनुभयो । रासस
Leave a Reply