नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौं, १० माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरू विदेशीहरूसमेत भएको हुँदा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने कुरा औँल्याउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नागरिकता ऐन २०६३ संशोधन विधेयकको दफावार छलफलमा उहाँले नेपाल–भारत खुला सीमा भएको हुँदा आमा र बुबा ठेगाना नभएका र बुबाको पहिचान नभएकालाई वंशज नेपाली नागरिकता दिने प्रावधान हटाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
उहाँले सरजमिनको आधारमा नागरिकता वितरण गर्ने कहीं नभएको तर नेपालमा सरजमिनको आधारमा जन्मको आधारमा नेपाली नागरिकता वितरण गरिएको गलत भएको उल्लेख गर्नुभयो ।
पूवप्रम बाबुराम भट्टराईले संविधानसभा भङ्ग गरेपछि नेका, एमाले, माओवादी र मधेसवादीको सहमतिमा खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने काम देशको हितमा नभएको स्पष्ट गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो–“बसको र सिनेमाको टिकटजस्तै नेपाली नागरिकता वितरण गर्नु देशको सार्वभौमिकतामाथि भारतीय हस्तक्षेपको निम्ता नै हुनेछ ।”
Leave a Reply