साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
काठमाडौँ, १० माघ । नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीको दीर्घकालीन उद्देश्य पूरा गर्न पार्टीले कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको बताउँदै जनताको पक्षमा लड्नेहरुले ढिलो या चाँडो विजय प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो ।
नेमकिपाले संसदमा भाग लिएर राष्ट्रघाती महाकाली सन्धि, १९५० को असमान सन्धि सम्झौताको विरोध र सरकारले ल्याउने हरेक जनविरोधी विधेयकहरुको विरोध गरी प्रखर प्रतिपक्षको भूमिका खेल्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘‘माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी सङ्घर्षका विभिन्न रुपहरुद्वारा चरणबद्ध तरिकाले समाजवाद स्थापना गरी साम्यवादी समाजसम्म पु¥याउने नेमकिपाको उद्देश्य हो ।’’
सोही उद्देश्य पूरा गर्न २०३१ माघ १० गते नेमकिपाको स्थापना भएको उहाँले बताउनुभयो ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोधमा निरन्तर सङ्घर्ष गर्दै कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा हिंडाउने काम नेमकिपाले गर्दै आएको बताउनुभयो ।
काठमाडौं जिल्ला समितिका सचिव राजवीर डंगोलले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाको भूमिका गौरवमय भएको बताउँदै पार्टी कार्यकर्ताहरुले पार्टी प्रकाशन र पत्रिकाहरुको निरन्तर अध्ययन र अन्तरक्रिया गरी सैद्धान्तिक स्तर उकास्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका संयोजक नारायणबहादुर दुवालले नेमकिपा स्थापनाको इतिहास र भूमिकाबारे जानकारी गराउँदै पार्टी कार्यकर्ताहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र देशको निम्ति समर्पित भावले काम गर्नुपर्ने बताउनुभयो ।नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनको सभापतित्वमा सम्पन्न उक्त प्रवचन कार्यक्रममा काठमाडौं जिल्ला समितिका अध्यक्ष नरमान महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply